जीवनशैली

१५ करोड ६ लाख रुपैयाँको सुनको ट्वाइलेटमा दिसा–पिसाव गर्ने ?

संघाई, चीन । दोस्रो चाइना इन्टरनेशनल इम्पोर्ट एक्सपो १५ करोड ६ लाख बढी (१२००००० डलर) को सुनको ट्वाइलेट प्रदर्शन गरिएको छ । यसमा ४०८१५ हिरा जडित छ । यसलाई हङकङको अरोन शुम ज्वेलरी फर्मको लागि कोरोनेटले डिजाइन गरेको हो ।

हिराको ट्वाइलेटको सीटमा बुलेट प्रूफ ग्लास भित्र राखिएको छ । ४०८१५ हिराको वजन ३३४.६८ क्यारेट छ । ज्वेलरी फर्मले भन्यो— ट्वाइलेटमा सबैभन्दा बढी डायमण्ड सेट क्याटगोरी अनुसार गिनीज वर्ल्ड रेकर्डमा दर्ता गरिनेछ । यदि यो रेकर्ड बनेमा अरोन शुमको यो १० औँ गिनजि वर्ल्ड रेकर्डस हुनेछ ।

४०० क्यारेटको डायमण्ड पनि एक्सपोमा

यो एक्सपोमा हिरा जडित गितार पनि राखिएको छ । यसको वजन ४०० क्यारेट र मूल्य १४ करोड बढि छ । यसको अलावा पिंक कलरको हिरा जडित जूत्ता पनि छ जसको मूल्य ३० करोड रुपैयाँ छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत