प्रेरणा

तुलसीः वायु प्रदुषणबाट बचाउँछ, यस्तो छ धार्मिक र वैज्ञानिक महत्व

काठमाडौँ । तुलसी एक प्राकृतिक हावा चाल्नी हो । यो बोटले २४ मा करिब १२ घण्टा अक्सिजन दिने गर्दछ । वनस्पति बैज्ञानिकका अनुसार कार्बन मोनो अक्साइड, कार्बन डाई अक्साइड, सल्फर डाई अक्साइड जस्ता खतरनाक ग्यास पनि यसले सोस्ने गर्दछ ।

तुलसीको बोटले वायु प्रदुषण कम गराउँछ । यसले ओजन वायु छाड्ने गर्दछ जसले सूर्यको हानिकारक पराबैगुनी किरणबाट बचाउँछ । तुलसीमा यूजेनल नामको कार्बनिक योगिक हुन्छ जसले मच्छड, झिँगा, किरा भगाउने काम पनि गर्दछ ।

धर्मग्रन्थ अनुसार पद्य्मपुराण, ब्रह्मवैवर्त, स्कन्द र भविश्य पुराणसँगै गरुड पुराणमा पनि तुलसीको महत्व बताइएको छ । यसले शरीरको आन्तरिक शक्तिका साथै व्याकटेरिया र भाइरल इन्फेक्शनबाट पनि बचाउँछ ।

बैज्ञानिकहरुले शोधमार्फत के कुरा पनि खुलासा गरेका छन भने तुलसीमा एन्टीअक्सीडेंट हुने र जसले शरीरको मृत कोशिकालाई ठिक गर्न मद्यतकारी हुनेछ । तुलसीले शरीरमा भएको केमिकल वा अन्य विषालु पदार्थले पुर्याउने नोक्सानीलाई पनि कम गराउँछ । टिबी, मलेरिया र अन्य संक्रामक रोगबाट बच्नको लागि पनि तुलसी उपयोगी हुन्छ ।

यसकारण यतिविघ्न उपयोगी तुलसी सबैले घरघरमा रोप्नु अपरिहार्य छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत