जीवनशैली

१२ वर्षपछि गुरु आफ्नो राशि धनुमा, यी राशिको चम्कने छ भाग्य

काठमाडौँ । सौर्यमण्डलको सबैभन्दा ठूलो र शुभ ग्रह गुरु बृहस्पति लगभग १२ वर्षपछि आफ्नो घर धनु राशिमा आएको छ । राशि परिवर्तन वृश्चिक राशिबाट धनुमा भएको हो । बृहस्पति धनु राशिमा १३ महिना रहनेछन् । अर्थात गुरु २० नोभेम्बर २०२० सम्म धनुमा रहनेछन् । गुरु बृहस्पतिको राशि परिवर्तनलाई ज्योतिषीय दुनियाँमा ठूलो घटना मानिएको छ ।

यो १३ महिनाको यात्रामा तीन नक्षत्र मूल, उत्तराषाढा एवं पूर्वाषाढा नक्षत्रमा संचरण गर्नेछन् । यो केतु, शुक्र र सूर्य नक्षत्र हो । धनु राशिमा शनि र केतु पहिलेबाटै बसेका छन् । धनुमा गुरु र शनिको साथ २४ जनवरी २०२० सम्म रहनेछ । फेरि २४ जनवरीबाट शनि आफ्नो घर मकर जानेछ । गुरुको गोचर चन्द्र राशिबाट द्वितीय, पंचम, सप्तम, नवम र एकादशी भावमा शुभ मानिन्छ तर गुरुको मूल त्रिकोण राशि धनुमा राशि परिवर्तनले सबै राशिमा कम-बेशी सकारात्मक परिणाम देखिनेछ ।

गुरुको धनु राशिको यात्राको समय १४ मे देखि १३ सेप्टेम्बरसम्म बक्री रहनेछ । शिक्षा जत, सुन चाँदी, जमिन, सम्पति, धार्मिक आस्था, प्रगतिमा सकारात्मक प्रभाव पर्नेछ । शुभ फल प्राप्तिको लागि ऊँ गुरुवे नमः, विष्णु सहस्त्रनामको जप गर्नुहोस् ।

१३ महिना धनु राशिमा रहनेछ बृहस्पति

  1. मेषः धन प्राप्ति, सम्मान, धार्मिक रुचि
  2. वृषः स्थान परिवर्तन, पेट विकार
  3. मिथुनः विवाहको योग, व्यापारमा विस्तार
  4. कर्कटः आय वृद्धि, कर्जाबाट मुक्ति
  5. सिंहः जागिरको योग, शिक्षामा सुधार
  6. कन्याः भूमि, बहानको योग
  7. तुलाः पराक्रम वृद्धि, ठूलो भाईबाट लाभ
  8. वृश्चिकः धन, कुटुम्ब वृद्धि, धार्मिक यात्रा
  9. धनुः पुत्र-पत्नी सुख, शारीरिक आरोग्यता
  10. मकरः बाहन सुख, विदेश यात्रा, शत्रुको सामना
  11. कुम्भः स्वार्थ सिद्धि, अध्यात्ममा रुचि
  12. मीनः सरकारबाट सहयोग, स्थायी सम्पतिमा वृद्धि, पदोन्नति ।

ज्योतिषीका अनुसार गुरुको राशि परिवर्तनले शिक्षा जगतमा सकारात्मक सुधार देखिनेछ । शिक्षा नीति, विदेश नीतिमा सुधार आउनेछ । यसकारण, शुक्रबार केराको बोटमा जल चढाउनुहोस् । गरिब बच्चालाई पाठ्य सामाग्री दान गर्नुहोस् । गुरु र वृद्धलाई सम्मान गर्नुहोस् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत