जीवनशैली

महाभारत युद्धपछि किन जल्यो अर्जुनको रथ ?

महाभारत र रामायणमा जीवनको सार बुझाउन यस्ता कयौँ प्रसंगहरु पाइन्छन जसलाई आम मानिसले जीवनमा प्रयोग गर्न सक्छन् । महाभारतमा कुरुक्षेत्रको रणभूमिसँग जोडिएको पौराणिक कथा छ, जसको बारेमा धेरै कमले जान्दछन् ।

हामीले कयौँ तस्विर, सिरियल, धार्मिक किताबमा देखेको र पढेको छ कि महाभारतको युद्ध हुँदा श्रीकृष्णसँग हनुमान पनि रथमा सवार थिए । प्रश्न उठ्छ कि महाभारतको रण पछि आखिर रथ कहाँ गयो त ?

महाभारत युद्धमा श्रीकृष्णले भनेर अर्जुनले हनुमानजी लाई निवेदन गरेर रथको माथि विराजित गरे । अर्जुनको रथ श्रीकृष्ण चलाइरहेका थिए र शेषनागले पृथ्वी तलबाट अर्जुनको रथको पाइला पक्रेका थिए, जसले रथ पछाडि जान रोक्थ्यो । यतिविघ्न अर्जुनको रथको रक्षा भगवानले गरेका थिए ।

महाभारतको युद्ध पश्चात अर्जुनले भगवानसँग भने- पहिले तपाईं उत्रिनुहोस, म पछि उत्रिन्छु । भगवानले भने- पहिले तिमी ओर्ल । भगवानको आदेश अनुसार अर्जुन रथबाट उत्रिए । केही समय पछि श्रीकृष्ण पनि रथबाट ओर्लिए, शेषनाग पाताल लोक गए । हनुमानजी पनि तुरुन्तै अन्तर्ध्यान भए ।

रथबाट ओर्लिएपछि श्रीकृष्णले अर्जुनलाई केही टाढा लगे । त्यतिबेलै अर्जुनको रथ जल्न थाल्यो । अर्जुन चिन्तित भए श्रीकृष्णसँग सोधे- भगवान यो के भयो ? 

श्रीकृष्णले भने- हे अर्जुन यो रथ त भीष्म पितामह, द्रोणाचार्य र कर्णको दिव्यास्त्रको प्रहारबाट पहिल्यै नै जलिसकेको थियो । यो रथ मेरो संकल्बाट चलिरहेको थियो । जब तिम्रो काम पूरा भइसकेको छ, त्यसैले मैले उसलाई छाडिदिएँ । यसकारण यो रथ भष्म भयो ।
 

गाउँ सहर डेस्क

तपाईँको मत