जीवनशैली

पूजा-पाठ गर्दा भक्तको मुख कुन दिशामा हुँदा शुभ हुन्छ ?

दैनिक विहान-साँझ नियमित रुपमा घरमा पूजा-पाठ गर्दा घरमा सकारात्मकता प्रवेश गर्दछ । मनको नकारात्मक विचार नष्ट हुने गर्दछ । यसैकारण घरमा मन्दिर बनाउने कुरा पुरातन समयदेखि नै चलिआएको पनि छ ।

ज्योतिषशास्त्रका अनुसार यो कुरा हामीले जान्नैपर्छ कि घरको मन्दिर कुन दिशामा बनाउँदा राम्रो हुन्छ भनेर !

  1. घरमा पूजा गर्ने व्यक्तिको मुख पश्चिम दिशामा हुनु धेरै राम्रो हुन्छ । यसको लागि पूजा स्थलको द्वार पूर्वतर्फ हुनु पर्दछ । यो दिशा बाहेक पूजा गर्दाको समय व्यक्तिको मुख पूर्व दिशामा भए श्रेष्ठ फल प्राप्त हुन सक्दछ ।
  2. घरमा मन्दिर यस्तो स्थानमा बनाउनु होस, जहाँ दिनभरमा कुनै तरिकाले सूर्यको प्रकाश एकपटक अवश्य पुगोस् ।
  3. जुन घरमा सूर्यको प्रकाश र ताजा हावा आइरहन्छ, त्यो घरको कयौँ वास्तु दोष हराएर जान्छ । सूर्यको प्रकाशले वातावरणको नकारात्मक उर्जा हटाउँछ र सकारात्मक उर्जामा बढोत्तरी गर्दछ ।
  4. मन्दिरमा मृतक र पूर्वजको चित्र लगाउनबाट बच्नुहोस् । पूर्वजको चित्र लगाउनको लागि दक्षिण दिशा श्रेष्ठ हुन्छ । घरमा दक्षिण दिशाको ढोकामा मृतकको चित्र लगाउन सकिन्छ तर मन्दिरमा राख्नु हुँदैन ।
  5. पूजा कोठामा पूजासँग सम्बन्धित सामाग्री राख्नु पर्दछ । अरु कुनै चिज राख्नबाट जोगिनुहोस् ।
  6. पूजा कोठा बनाउँदा शौचालय नजिक बनाउनु हुँदैन । यो अशुभ मानिन्छ ।
  7. घरको मन्दिरमा दैनिक विहान र साँझ पूजा गर्नु पर्दछ । पूजापछि घण्टी अवश्य बजाउनुहोला । साथै एकपटक घर घुमेर घण्टी बजाउनु होस । यसो गर्दा घण्टीको आवाजले नकारात्मकता नष्ट हुन्छ भने सकारात्मकता बढ्ने गर्दछ ।
     

गाउँ सहर डेस्क

तपाईँको मत