प्रेरणा

जीवन हुँदासम्म बेहुली बनाउन पाएनन, मृत्युपछि लाससँग विवाह !

बेइजिङ्ग, चीन । जू शिनानले आफ्नो मङ्गेत्तर यांग लियूलाई जिउँदो हुँदासम्म उनलाई बेहुली बनाउने इच्छा पूरा गर्न पाएनन् । तर उनले यांगको मृत्युपश्चात इच्छा पूरा गरे ।

पूर्वी चीनको डालियानमा १९ अक्टूबरमा अन्तिम संस्कारको समयमा जू ले मङ्गेत्तरको मृतक शरिरसँग विवाह गरे ।

३५ वर्षका जू र ३४ वर्षकी यांग यूनिभर्सिटीमा एक अर्कालाई चिन्दथे । दुबै सन् २०१३ मा विवाह गर्नको लागि अदालतमा निवेदन पनि दिएका थिए । मञ्जुरी प्राप्त भएपछिको तिन महिना पछि यांगलाई ब्रेस्ट क्यान्सर भयो । रोग पत्ता लागेपछि चार वर्षसम्म सर्जरी र कीमोथेरापीले टिक्न त सकिन तर एक वर्षपछि क्यान्सर पुनः दोहोरियो ।

दोस्रोपटक क्यान्सर फर्किएपछि जू र यांगको विवाह गर्ने सपना अधुरै रह्यो । देशका ठूला अस्पतालमा यांगको उपचार भयो, तर उनको स्वास्थ्यमा सुधार आएन । यो वर्ष मे मा यांगको हालत अत्यन्तै खराब भयो र जुलाईपछि उनलाई अस्पताल भर्ना गरियो । यहि महिनाको १४ तारिखमा उनले अन्तिम श्वास फेरिन् । त्यो समय पनि जू ले यांगको साथ छाडेनन् । उनले भने— यांग कोमामा गएपछि मलाई चिनिरहेकी थिइनन् ।

विवाहको कपडा दिएपछि वाचा पूरा गरे

जू ले भने— उनको मृत्युभन्दा अघिल्लो दिन मलाई थाहा भयो कि उनले हस्पिटल भर्ना हुनुभन्दा अगाडि वैडिंग गाउन चुनेकी थिइन् । मैलै सो कुरा पूरा गर्ने वाचा गरेको थिएँ । यसकारण मैलै निर्णय गरेँ कि आफ्नो यांगको सपना पूरा नगरिन्जेल उनलाई विदा गर्दिन । उनको मृत्युभन्दा अघि मैले वैडिंग गाउन खरीद गरे र एक हप्तापछि अन्तिम संस्कारको समयमा विवाहको कसम खाएँ । विवाहमा यांगको मनपर्ने ह्वाइट गाउन पहिर्याइयो र उनको नजिक गुलाबको फुल्का १६९ गुच्छा राखियो ।

विवाहमा भने—मायालू श्रीमती, नडगमगाउ

जू ले वैडिंग स्पीचमा भने, ‘मेरी प्यारी श्रीमती, नडगमगाउ । म जान्दछु कि मेरो बाँकी जिन्दगी दुःखपूर्ण हुनेछ । तर हिम्मत हार्दिन । तिमी भन्थ्यौ कि जब तिम्रो अन्तिम संस्कार भइरहेको हुन्छ कोही नरुनु, तर म आफ्नो आँशु रोक्न सकिरहेको छैन ।’

सोशियल मिडियामा यस्ता प्रतिक्रियाहरु

जू र यांगको यो माया प्रितीले सोशियल नेटवर्कमा धेरै प्रतिक्रियाहरु पाएका छन् । एक यूजरले लेखेका छन्— दुनियाँमा यस्तो समर्पित र धेरै माया गर्ने पुरुष हुनैपर्छ । अर्काले लेखेका छन्— तपाईं अर्को जन्ममा प्राप्त गर्नुहुनेछ । एजेन्सीको सहयोगमा 
 

गाउँ सहर डेस्क

तपाईँको मत