प्रेरणा

सबैभन्दा बढी उमेरका ‘हकर’ : शिर्षकलाई झुट र रमाइलो बनाउँदै ४७ वर्षदेखि अखबार बेच्दै

पाकिस्तान । ६५ वर्षका अकबर अली फ्रान्सको राजधानी पेरिसको सडकमा अखबार बेच्दै गरेको भेटिन्छन् । अर्थात उनी ‘हकर’ हुन् । पाकिस्तानी मूलका उनी ४७ वर्षदेखि मोंड नामको अखबार बेचिरहेका छन् तर फरक शैलीमा ।

अखबार बेच्नको लागि खबरलाई झुट् र रमाइलो बनाएर आवाज निकाल्छन् । उनको यो शैलीबाट जनता प्रभावित छन् । सडकमा साइकलबाट अखबार बेच्ने उनी पेरिसको एकमात्र हकर हुन् ।

अली भन्छन्, ‘म सातै दिन काम गर्छु र आइतबारको दिन पनि अखबार बेच्छु । प्रायः म लैटिन क्वार्टर र त्यसको आसपासमा अखबार बेच्दछु । पेरिसका मानिस मलाई साइकल र हेडलाइन भन्ने शैलीले चिन्दछन् । उनीहरु मेरो नजिक आएर अखबार खरिद गर्दछन् । म अहिले मानिसहरुको जीवनको एउटा हिस्सा बनेको छु ।’

पूर्व अमेरिकी राष्ट्रपतिको झुटो खबर फैल्याए

‘अखबार बेच्नको लागि मैले धेरैपटक झुट हेडलाइन बोल्छु । झुटो खबर सुनेर मानिसहरु उनको नजिक आउँछन् । मानिसको ध्यान खिच्नको लागि यस्तो गरेको हुँ । तर जनताले कहिल्यै सो कारणले हकारेनन् । मानिसहरुलाई मेरो अखबार बेच्ने तरिका मन पर्छ । जब मिडियामा अमेरिकाका ह्वाइट हाउसमा काम गर्ने मोनिका लिविंस्की र अमेरिकी पूर्व राष्ट्रपति क्लिंटनको अफेयरको खबर आयो,  मैले ठूलो स्वरमा मोनिका क्लिंटनको जुम्ल्याहा बच्चा जन्म दिनेवाली छन भने ।’ अलीले भने ।

झुटो खबर भनेर बेचेको थिएँ ५०० प्रति

एकपटक न्यूयोर्कको होटलमा अफ्रिकी महिलाले डोमिनिक स्ट्रोस—कानलाई यौन शोषणको आरोप लगाएका थिए । त्यो बेला अलीले अखबारलाई लिएर अफवाह बनाएका थिए कि स्ट्रोस—कान गिरफ्तार, किनकी उनी एक बाख्रासँग थिए । त्यो बेला अलीले मोंडे अखबारको ५०० प्रति बेचेका थिए । तर उनी स्वीकार्छन कि अहिले अखबारको कारोबार घटिरहेको छ । मानिसहरु इलेक्ट्रोनिक र डिजिटल न्यूज मनपराउन थालेका छन् । अहिले उनी ५० प्रति मात्र अखबार बेच्छन् । तर कुनैदिन उनी दिनको २५० प्रति बेच्दथे ।

यसकारण छाडेनन् अखबार बेच्न

दैनिक बिक्री प्रति घटेपछि उनले अखबार बेच्न छाडे । उनले भने, ‘अखबार बेच्ने कारणले मैले कयौँ नेता, लेखक र चर्चित मानिससँग साथी बनाएँ । उनीहरु मेरो नामले चिन्छन् र कयौँपटक चिया÷कफीको लागि बोलाउँछन् । म पेरिसको सडकमा अखबार बेच्ने अन्तिम व्यक्ति हूँ । यसकारण मैले यो काम छाड्ने बारे सोचेको छैन ।’

मुस्लिम भएको कारण कयौँ समस्याका सामना

अलीको जन्म पाकिस्तानको रावलपिंडीमा भएको थियो । उनको बाल्यकाल त्यहिँ बित्यो । उनी पत्नी र पाँच छोराको साथमा थिए । सन् १९७२ मा अली टूरिष्ट भिजाबाट फ्रान्स आए र बसे । एक प्रश्नको उत्तरमा उनले भने कि पाकिस्तानी मुस्लिम भएकै कारण कयौँ समस्याको सामना गरेको छु । तर राम्रा मान्छेको संगतले उनलाई सहयोग पनि गरे ।

अलीले किताब पनि लेखे

अली भन्छन्- पाकिस्तानमा मेरो आमामात्र हुनुहुन्छ, उनी ९२ वर्षकी छन् । उनी समय समयमा भेट्न जान्छन् । अलीले किताबमा पनि लेखेका छन्— ‘मेक दि वर्ल्ड लाफ, बट दि वर्ल्ड मेक्स मि क्राई ।’ 

यो एक आत्मकथा हो । यसले उनको समस्या र पृष्ठभूमिबीचको संघर्षको उपज हो । उनले उनले अर्को किताब लेखेका छन, नाम हो— ‘अखबार बिक्रेताको एक शानदार कहानी जसले दुनियाँमा विजय पाए ।’ एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत