जीवनशैली

घरमा राधा-कृष्णको तस्वीर लगाउँदा वैवाहिक जीवनमा सकारात्मक उर्जा

वास्तु शास्त्रमा घरमा राखिने सबै वस्तुले शुभ/अशुभ हुने बताएको छ । यदी घरमा नकारात्मकता बढाउने चिज राखिएमा त्यसको असर हाम्रो सोचमा पनि पर्न सक्दछ । घरमा सकारात्मकता बनाउनको लागि वास्तु टिप्स सबैको लागि उपकारी हुन सक्छ । वास्तुमा देवी-देवताको तस्विर लगाउँदा शुभ फल प्राप्त हुने उल्लेख छ ।

गर्भवतीको कोठामा श्री कृष्णको बाल स्वरुप वा कुनै सुन्दर बच्चाको फोटो लगाउनु पर्दछ । यस्तो फोटो पटक-पटक देखिँदा महिलाको मन प्रशन्न हुने गर्दछ । गर्भावस्थामा श्री कृष्णको बाल स्वरुपको दर्शन गर्दा बच्चा पनि सुन्दर हुने गर्दछ भन्ने विश्वास छ ।

राधा-कृष्णको तस्वीर सुत्ने कोठामा लगाउनु शुभ मानिन्छ । यस्तो तस्वीर लगाउँदा पति-पत्नीबीच प्रेम हुने र वैवाहिक जीवनमा सकारात्मकता बढ्ने गर्दछ ।

रामायण, महाभारतको युद्धको तस्वीर लगाउनु हुँदैन । वास्तु अनुसार यो तस्वीरले घरका सदस्यलाई मानसिक तनाव झेल्नुपर्ने हुनसक्छ । नकारात्मकता बढाउँछ ।

हनुमानजी को तस्वीर घरमा सँधै दक्षिण दिशातर्फ लगाउनु पर्दछ । स्वस्तिक, कमलको फुलका चित्र घरमा राख्नु शुभ मानिन्छ ।

शिवजी, कुबेरदेव, गन्धर्वदेवको तस्वीर उत्तर दिशामा लगाउनु पर्दछ । महालक्ष्मी, माता दुर्गा, माता सरस्वतीको चित्र उत्तर दिशामा सर्वोत्तम हुन्छ ।

महालक्ष्मीको बसेको तस्वीर शुभ हुन्छ । माता दुर्गाको चित्रमा शेरको मुख खुला हुनु हुँदैन । सहि दिशामा देवी-देवताको मूर्ति लगाउँदा घरमा सकारात्मकता बढ्छ र वास्तुको दोष टाढा भगाउँछ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत