स्वास्थ्य

निन्द्रा नआउनु केवल रोगमात्र होइन, ४ कारणले हराउँछ निन्द्रा

काठमाडाैँ । निन्द्रा नआउनु अहिले सामान्य समस्या भएको छ । तर कयौँपटक कुनै न कुनै कारणले व्यक्तिको निन्द्रा हराउने गर्दछ । महाभारतमा महात्मा विदुरले यो कुरा बताएका छन् ।

उनले आफ्नो नीतिमा लेखेका छन— चार कारणले व्यक्तिमा निन्द्रा नआउने समस्या हुने गर्दछ । उनका अनुसार जसको ध्यान राखिएन भने राति निन्द्रा र शान्ति दुबै हराउने गर्दछ ।

अभियुक्तं बलवता दुर्बलं हीनसाधनम् ।
ह्रतस्वं कामिनं चोरमाविशन्ति प्रजागराः ।।

अर्थात— जसको बलबानसँग शत्रुता हुन्छ, जसको सबैकुरा गुमेको हुन्छ, उसलाई राति निन्द्रा नआउने रोग लाग्ने गर्दछ ।

निन्द्रा नआउने ४ कारणहरुः

  1. जसलाई कुनै कुराको डर छ
  2. जसको सबैकुरा गुम्छ
  3. मनमा कामको भावना हुन्छ
  4. जसको मनमा चोर छ ।
     

गाउँ सहर डेस्क

तपाईँको मत