जीवनशैली

म ३९ वर्षसम्म पनि कौमार्य किन छु !

नेहा शाह (नाम परिवर्तन) जान्दछिन कि सेक्सको मामलामा अनौठो छिन् । कुनै कुरा वा साथीको दवाबले उनको अवस्थामा परिवर्तनको लागि कहिल्यै उकास्न सकेन । उनले फेमिनासँग बताइरहेकी छन कि १६ वर्षे जवानीमा दुइ पुरुष आएपनि उनी कौमार्य हुन सकिन !

“मलाई थाहा छ कि यदी म आफ्नो नोकरीबाट निकालिएमा मलाई सर्कसमा काम मिल्न सक्छ, किनकी ३९ को उमेरसम्म कुमारित्व जस्ताको तस्तै राख्ने शायद दुनियाँको सबैभन्दा उमेरदार कुमारी हुँ । त्यहाँ मलाई हेर्नको लागि कतारमा उठ्नेछन किनकी यो उमेरसम्म मैले सहवास गरेको छैन । प्रायः मानिसहरु सेक्शुअल सम्बन्धलाई केवल इन्टरकोर्स मात्र सम्झन्छन् । मैले सेक्सको आनन्द उठाएको छु—चुम्बन, बाहिर घुम्न जाने र यो सँग सम्बन्धित काम— तर कहिल्यै यो भन्दा अगाडि गएको छैन । र मैले यस्तो यसकारण गरिन किनकी, मसँग जो दुइ पुरुष नजिक आए तिसँग मलाई माया नै भएन ।”

“मेरो पहिलो सम्बन्ध लगभग १६ वर्ष पहिले भएको थियो । देव (नाम परिवर्तन) र म एकैठाउँ काम गर्दथ्यौँ । हामी दुबै हाम्रो कार्यालयका हामीजस्तै एउटा जोडि थिए जो मोज मस्तीको लागि बाहिर जान्थे । एकपटक हामी चारैजना बाहिर गयौँ । पैसा कमीको कारण हामी सबै एकैठाउँ, एकै कोठामा बस्यौँ । त्यो बेला पनि केही भएन तर मलाई उसँग नजिक रहँदा अनौठो लाग्यो । त्यसपछि हामी हरेक हप्ता बाहिर भेट्न थाल्यौँ । एक रात जब हामी आफ्नो साथीको पार्टीबाट फर्किँदै थियौँ त्यो बेला महशुष भयो कि म उसको साथ धेरै खुसी रहन्छु र हामी कपलको जस्तै मान्न थाल्यौँ । देव र मैले धेरै समय सँगै बिताउँथ्यौँ । तर म उसलाई माया गर्दिनथेँ । उसँग कुनै सपनापनि देख्दिनथेँ । हाम्रो सम्बन्ध लामो भएन, दुइवर्ष पछि १९९७ आसपासमा मैले अर्कोठाउँ काम गर्न थालेँ र हामीबीच सम्पर्क भएन ।”

“यसको ६ वर्ष पछि कामको दौरान अमित (नाम परिवर्तन) सँग भेट भयो । हाम्रो भेट विस्तारै विस्तारै सम्बन्धमा रुपान्तरित हुँदै गयो । जब हामी अफिसको एक मिटिङ्गको लागि मुम्बईबाट बाहिर गयौँ उसलाई अर्को सहकर्मिको कोठामा बस्नुपर्ने थियो । तर अन्ततः उ मेरो कोठामा बस्यो । त्यो रात केही भएन । कुरामात्र गर्यौँ । हाम्रो एक साथीको घरमा अमितले पहिलो पटक मलाई चुम्बन गर्यो । यो शुरुवात थियो र यसपछि मैले अमितसँग सार्वजनिक र निजी दुबै स्थानमा अधिक समय गुजार्यौँ । म जान्दथेँ कि उसले मलाई धेरै मन पराउँथ्यो । तर मेरो तर्फबाट कुनै माया थिएन । केही वर्षपछि जब म विदेश गएको थिएँ त्यो बेला उसले फोन गरेपछि मलाई उ सँग कुरा गर्न इच्छा भएन र हाम्रो सम्बन्ध सकियो ।”

“त्यो बेलादेखि म एक्लै छु । यस्तो नसोच्नुहोला कि म सँग मौका आएन । तर म केवल यसकारण इन्टरकोर्स गर्न चाहँदिन किनकी धेरै व्यक्तिले यो सोच्छन कि यो उमेरसम्म मैले यो गरोस् । म त्यो भन्दा अगाडि कुनै पुरुषसँग माय गर्न र उसको माया पाउन चाहन्छु । म भलै विवाह नगरौँ तर म उसँग भावनात्मक रुपले जोडिएको महशुष गरौँ । उबेला मात्र मेरो कुमारित्व सुम्पिने छु । मलाई यो कुराको कुनै दुःख छैन कि मैले आफ्ना दुई ब्वाइफ्रेण्डसँग इन्टरकोर्स गरिन भनेर । तर जब म सेक्स गर्छु त्यो अद्भुत हुनेछ ।”

“यो बीच, म एक अन्य उमेरदार कुमारी महिला सुजैन बायको बारेमा जानेर धेरै खुसी छु । उनको आवाजमा जादू छ र उनीसँग राम्रो आय भएको जागीर छ । किनकी मलाई सर्कसमा आफ्नो कुनै प्रतिद्वन्द्वी चाहिँदैन ।”
 

गाउँ सहर डेस्क

तपाईँको मत