विश्व

सिन्धु घाटी सभ्यताका मानिसको अनुहारः कस्ता देखिन्थे, थाहा पाउन सजिलो भयो

भारत । भारत समेत तीन देशका वैज्ञानिकले पहिलो पटक सिन्धु घाटी सभ्यताका निवासीको अनुहारको हूबहू आकृति बनाउन सफलता हासिल गरेका छन् । 

वैज्ञानिकले ४, ५०० वर्ष पुरानो हरियाणाको राखी गढीमा भेटिएको ३७ मध्ये २ व्यक्तिको खप्परबाट अनुहार बनाए । १५ वैज्ञानिक र ६ शिक्षाविद्को टीमले खप्परको सक्कली अनुहार बनाउनको लागि कम्प्यूटेड टोमोग्राफी (सीटी) डेटाको माध्यमबाट क्रेनियोफेशियल रीकंस्ट्रक्शन (सीएफआर) तरिकाको प्रयोग गरे ।

वैज्ञानिकले यो उपलब्धीपछि सिन्धु घाटीका निवासी कस्ता देखिन्थे, यसको अनुमान लगाउन सजिलो भएको छ । घटना अध्ययनमा भारत, दक्षिण कोरिया र यूकेका वैज्ञानिकहरु सहभागी भएका थिए । जुन एनाटोमिकल साइन्स इन्टरनेशनलमा प्रकाशित भएको छ । नेशनल ज्योग्राफिक सोसाइटीले यो प्रोजेक्टको लागि आर्थिक सहयोग गरेको थियो । 

विशेषज्ञका अनुसार अहिलेसम्म सिन्धु घाटीको सभ्यताका मानिस कस्ता देखिन्थे त्यो थाहा थिएन । तर, अहिले अनुहारको आकृति अनुमान लागेको छ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत