दृष्‍टिकोण

महरा काण्डः पीडित महिलाको बोली फेरिएछिको तरंग, “दुबै चोखा, अरू तमासे ?”

काठमाडौँ । आईतबारदेखि अशान्त रहेको समाज बुधबारसम्म आइपुग्दा पनि शान्त हुन सकेको छैन । अशान्त हुने एउटै कारण हो ‘महरा यौन दुर्व्यवहार’ विषय ।

दशैँको बेला ‘जमरै जमरा भाइरल हुनुपर्ने अवस्थामा महरै महरा’ को विषय भाइरल भएर सामाजिक सञ्जालहरु रंगिएका छन् । संघीय संसदमा कार्यरत कर्मचारीले निवर्तमान सभामुख कृष्ण बहादुर महराले यौन दुर्व्यवहार गरेको भनेर सञ्चार माध्ययमबाट साझा गरेपछि यो विषयले देश तथा विदेशमा चर्चा बटुलेको थियो ।

तर एकाएक बोली परिवर्तन गर्दै पीडित महिला रोशनी शाहीले महरा सरले रिसको झोँकमा बोलेको तर दुर्व्यवहार नगरेको मंगलबार बताउन भ्याएकी छन् । त्यस्तै महिलाका श्रीमानले पनि महरा सरबाट कुनै गल्ति नभएको बताएका छन् ।

सभामुख महराद्वारा आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउने महिलाले मंगलबार आफ्नो कुरा फेरेकी छन् । आफ्नो बाबुजस्तो व्यक्तिबाट दुर्व्यवहार नभएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा भिडियो अन्तर्वार्ता दिएकी छन् । “उहाँ (महरा) मेरो बाउसमानको मान्छे हो । उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन ।

मैले रिस उठेको बेलामा केके भनें, यी सब निराधार हुन् । त्यसमा कोही पनि भ्रममा नपर्नु होला”, उनले भनिन् । मंगलबार साँझ नै रोशनीका पति चित्रजंग शाहीले पनि महराबाट त्यस्तो कुकृत्य नहुने बताउादै दुर्व्यवहार नभएको दाबी गरेका छन् ।

यो बीचमा के के भए ?

यो बीचमा महिलाले महराले यौन दुर्व्यवहार गरेको समाचार अनलाइनमा सार्वजनिक भएपछि नेकपाको बैठकबाट महरालाई राजिनामा दिन सुझाएसँगै उनले दशैँ विदामा बसेजस्तो राजिनामा लेखेका थिए । आरोप निराधार भएको भन्दै अनुसन्धानमा सहयोग पुर्याउनको लागि सो समयसम्मको लागि राजिनामा लेखेका थिए । जसको चौतर्फि विरोध भइरहेको छ ।

पछिल्लो भिडियो र त्यसको सत्यतामाथि प्रश्न

पीडित भएकी महिलाको पछिल्लो भिडियो सार्वजनिक भएसँगै उनको बोली फेरिएको थियो । उनलाई लिइएको सो भिडियोमा पत्रकारिताको मूल्य विर्सँदै प्रत्यक्ष पीडितको अनुहार र नाम सार्वजनिक गरिएको छ । जबकी पहिले सार्वजनिक भिडियोमा पीडितको नामपनि परिवर्तित मात्रै छैन भिडियोमा अनुहार पनि छोपिएको छ । यसले पनि पछिल्लो भिडियोमा कुनै सत्यता नदेखिने जानकारहरु बताउँछन् । 

भिडियोमा उनलाई प्रलोभन वा धम्की दिइएर सो सार्वजनिक गरिएको अधिकारकर्मी डिल्ली उप्रेतीले बताए । उनले भने, ‘तपाईंले पनि हेर्नुभयो होला त्यो भिडियो, देख्नुभएन कतिसम्म बनिबनाउ छ ? यसभित्र ठूलो चलखेल देखिन्छ ।’

दुबै चोखा भए बबण्डर किन ? नभए दुबैलाई कारबाही होला ?

यौन दुर्व्यवहार भयो भन्ने अनि भएन भन्ने एउटा । अनि अर्कोले कर्मचारी समायोजनको रिस वहाँले पोखेको भन्ने । दुबैको यो चरित्रले सरकारलाई मात्रै होइन जनताको तल्लो तह र विदेशीमा पनि लज्जाबोध गराएको छ ।

हुन त पुरुषको लिंगमा बलात्कारको दोश नदेख्ने समाजले सधैँ महिलाको योनीकेन्द्रित राजनीति नगरेको पनि होइन, जसको ताजा घटना यहि नै हो । तर पीडित महिला अहिले आएर यौन दुर्व्यवहार भएको होइन, महरा सर त मेरो बुवा समानको आदर गर्ने मान्छे भन्दै अहिले महिला प्रस्तुत हुनुले अनेक प्रश्न उठाइदिएका छन् । प्रहरीले छानविन सुरु गरेको छ, सत्यता आउला या नल्याउलान तर आरोपकर्ता र आरोपीले यदी अहिले आएर बोली फेर्छन भने उनीहरु दुबै दोषी हुन् ।

होइन भने पीडितले लगाएको आरोपमा उनी अडिग छन भने महरामाथि सबै किसिमको कारबाही हुनैपर्छ । तर महिला बोली फेर्छिन भने यी दुबैलाई, महरालाई तिनै पदबाट र महिलालाई कर्मचारीको हैसियतबाट हटाइनु पर्छ ।

तर दुर्भाग्य नै भन्नुपर्छ, अहिलेसम्म यौन दुर्व्यवहारको किटानी जाहेरी प्रहरीमा नआउनु र दिन अनुसार पीडित महिलाले बोली फेर्दा समस्या देखिएको छ । अधिकारकर्मीहरु पनि यतिबेला हराएका जस्ता देखिएका छन् । त्यसैले कतै यो विषय निर्मला काण्डजस्तै हराउने त होइन भन्ने प्रश्न सिर्जत भएको छ ।

तर, ढिलै भएपनि प्रहरी आफैँ तातेको छ । प्रहरीका अनुसार बानेश्वर वृत्तलाई अनुसन्धानमा सघाउन र समन्वय गर्नका लागि परिसरबाट मुद्दा शाखाका डिएसपीलाई समेत खटाइएको छ । प्रहरीले हिजै मोबाइलको कल डिटेल्स तथा महरा र महिलाबीच सामाजिक सञ्जाललगायत अन्य अनलाइनका माध्यमबाट भएको कुराकानीको समेत अनुसन्धान गरिरहेको छ । तर उसले ल्याउने परिणामबाट जनताले खासै महत्व दिएका भने छैनन् ।

अब के होला ?

हुन त पद, शक्ति र पैसाले देशका कुन स्थानमा जरा नगाडेका होलान, कहाँ न्याय दिएको होला र ! जसको पछिल्लो घटना महरा यौन दुर्व्यवहार थपिएको छ । रातारात अग्राख पलाएको छ । हेर्दै जाउँ यस घटनामा अझ विचित्रको फल फल्न पनि सक्छ । सबै चोखा हुन पनि सक्छन र सो अवस्थामा पाकेको फल तपाईं हामी जनता त खाने नै त हो । कि कसो ?

गाउँ सहर डेस्क

तपाईँको मत