गाउँ सहर

याैन, रक्सी र प्रतिष्ठाले चर्चामा महरा

मिडियादेखि सामाजिक सञ्जालमा साेमबारदेखि पूर्व सभामुख (मंगलबारदेखि) कृष्ण बहादुर महरा चर्चामा छन् । याैन, रक्सी र प्रतिष्ठाले उनी चर्चा रहेका छन् । उनले मंगलबार राजीनामा दिइसकेका छन् ।

संसद सचिवालयमै कार्यरत एक कर्मचारीले महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाएकी छिन् । संसदमै काम गर्ने ती महिला कर्मचारीलाई उनकै डेरामा गएर जबर्जस्ती दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।

आइतबार साँझ ती महिला कर्मचारीमाथि महराले तिनकुनेस्थित उनको डेरामै यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।

तर सभामुख महराले भने घटना अस्वीकार गर्दै समायोजनको रीस पोखेको बताएका छन् । सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपको खण्डन गरेका छन् । 

रक्सीले यौन जीवनलाई रोमान्टिक बनाउने होइन । रक्सी सेवनपछिको विकृत यौन व्यवहारले धेरै किशोर-किशोरीदेखि पाका उमेर मान्छेकासमेत जीवन नर्कमा पुर्‍याएको छ। त्यसैकाे सिकार बनेका पछिल्ला उदाहरण हुन् कृष्ण बहादुर महरा ।

कतिपयले रक्सीलाई यौनवर्द्धक पेयको रुपमा लिने गरेको पनि पाइन्छ। बरु, रक्सीको निरन्तर सेवनले यौन दुर्वलताको समस्या निम्त्याइरहेकाे छ । अनैतिक यौन सम्बन्ध, असुरक्षित यौन व्यवहार, बलात्कार, हत्याजस्ता घटनाहरूलाई सिलसिलाबद्ध केलाउने हो भने, रक्सी सेवन प्रमुख कारणका रूपमा देखापर्छ। रक्सी सेवनपछि मानिसले सजिलै आफ्नो विवेक गुमाउँछ परिणमतः जस्तोसुकै व्यवहार गर्न उक्सिन्छन् । रक्सी पिउदै जाँदा एउटा चरणमा पुगेपछि मानिसले तर्कशक्ति गुमाउने अवस्था सृजना हुन्छ । 

यस्तो अवस्थामा के गर्दा ठीक हुन्छ वा के गर्दा बेठिक हुन्छ भन्ने हेक्का रहँदैन । फलतः जस्तोसुकै जोखिम मोल्न तयार हुन्छन् । असुरक्षित यौन व्यवहार, बलात्कार जस्ता घटना यसैको परिणम हुन् । यसले हत्या जस्तो जघन्य अपराध गर्नसमेत मानिसलाई प्रेरित गर्छ ।

रक्सीको कारण मानिसहरु अविवेकपूर्ण सेक्समा लिप्त हुने विभिन्न घटनाहरुले देखाएको छ। यस्तो अवस्था उनीहरू आफूलाई नियन्त्रणमा राख्दैनन् र क्षणिक आनन्दमा मात्र केन्द्रित हुन्छ। बाहिरबाट हेर्दा निकै शालीन र भद्र देखिने मान्छे पनि रक्सी यौनले आफ्नो परिधि र प्रतिष्ठा सबै क्षणभरमा भुल्न पुग्दछ । 

रक्सीले मानिसको मस्तिष्कमा असर पुर्‍याउन थालेपछि फरक व्यवहार गर्न उत्प्रेरित भएर त्यसमा यतिधेरै लिप्त हुन्छन् कि, कुनै सावधानी अपनाउन आवश्यक ठान्दैनन् । विभिन्न अध्ययनहरूमा के देखिएको छ भने, मानिसहरू रक्सी पिएपछि थप यौन आनन्द लिन सकिन्छ भन्ने सोचाइ राख्छन् । रक्सीले यौन जीवनलाई रोमान्टिक बनाउने होइन । 

रक्सीमा इथानोल भन्ने एक किसिमको रसायन तत्व हुन्छ, जसले स्नयु प्रणालीलाई शान्त पारी एक किसिमको आनन्द प्रदान गर्छ। विज्ञहरूले यसलाई क्षणिक र दीर्घकालीन असरमा विभाजित गरेर हेर्न सकिने बताएको छ। यसको प्रमुख असर भनेको मस्तिष्कमा पर्न जान्छ। जसले गर्दा बोली लरबराउने, रिंगटा लाग्ने, सन्तुलन गुमाउने, निन्द्रा लाग्ने, सोच्ने शक्ति गुमाउने असरहरू देखापर्छ।

मानिसले रक्सी आनन्दकै लागि पिउन सुरु गर्छन् । यद्यपी रक्सी पिइसकेपछि उनीहरु संवेदसिल कुराहरुमा ध्यान दिदैनन् ।

रक्सी सेवन गरेपछि अक्सर मानिसहरू अश्लील बोली व्यवहार गर्न थाल्छन् । उनीहरू यौनजन्य व्यवहारमा बढी प्रेरित हुन्छन्, अनि अविवेकशील ढंगले यौनकर्ममा लिप्त हुन्छन् ।उनीहरु क्षणिक आनन्दमै आफूलाई समर्पित गर्छन्। यस किसिमबाट हुने यौन व्यवहारकै नतिजा हो, बलात्कार, हत्या ।

स्नातक तहको शिक्षा लिएका उनी ०३५ सालदेखि सामाजिक र राजनीतिक यात्रामा थिए । पार्टीका विभिन्न पदमा र नेपाल सरकारको उपप्रधानमन्त्री बनेका उनी ०७४ बाट संघीय संसद प्रतिनिधि सभाको सभामुखमा सर्वसम्मत भएका थिए । पटक-पटक पदमा पुगेका उनी यौन दुर्व्यवहारमा मुछिएका छन् । यति लामाे राजनीति जीवन याैन, रक्सीकै कारण धरापमा परेकाे छ । 

 

गाउँ सहर डेस्क

तपाईँको मत