वातावरण

जलवायु परिवर्तनः पछिल्लो ५ वर्ष सबैभन्दा बढी गर्मी, २०११-१५ तुलनामा तापक्रम ०.२ डिग्री बढ्यो

न्यूयोर्क । पृथ्वीको तापक्रम दिनदिनै बढ्दै गएको छ । संयुक्त राष्ट्र संघको एक रिपोर्टमा भनिएको छ कि २०१५-१९ बीच औषत वैश्विक तापक्रम २०११-१५ को तुलनामा ०.२ डिग्री सेल्सियसभन्दा बढी भएको हाे ।

युनाइटेड इन साइन्समा प्रकाशित रिपोर्टमा भनिएको छ— “वर्तमानमा वैश्विक तापमान पूर्व औधोगिक काल (१८५०-१९००) भन्दा १.१ डिग्री सेल्सियस बढेको छ र वर्ष २०१५-१९ मा तापमान ०.२ डिग्री सेल्सियसभन्दा धेरै भएको छ । साथै, पछिल्लो ४० वर्षको समयमा आर्कटिकमा वर्फ हरेक दशक १२ प्रतिशतको दरले पग्लिरहेको र २०१५-१९को बीचमा यो प्रतिशतमा बढोत्तरी आएको छ ।”

रिपोर्टका अनुसार अन्टार्कटिकमा वर्फको मात्र १९७९ र २०१७ बीच वर्फ धेरै पग्लिरहेको छ । सन् २०१५-१९ को समयमा ग्लेशियरमा पछिल्लो पाँच वर्षको तुलनामा सबैभन्दा धेरै दरमा कमी आइरहेको छ । कार्बन डाईअक्साइडमा कमी आएका कारण २०१८ मा यो २ प्रतिशतले बढेको छ । यो २७ बिलियन टनको रेकर्ड उच्च स्तरमा पुगेको छ ।

रिपोर्टका अुनसार यो परिवर्तनलाई रोक्नको लागि विश्व विफल भइरहेको छ । यसमा महत्वपूर्ण कुरा यो छ कि कार्बन उत्सर्जनको स्तर कति हुनु पर्दछ, यो तय भएको छैन । जसले गर्दा वैश्विक अर्थव्यवस्थामा समान रुपमा बढेको छैन ।

यूएन महासचिव एन्टोनियो गुटेरसले सबै देशमा बढिरहेको ग्रीनहाउस ग्यासमा कटौति गर्नको लागि अनुरोध गरिरहेका छन् । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत