विश्व

‘चीन विश्वको लागि खतरा, सैन्य तागत बढाउनको लागि हाम्रो सम्पदाको प्रयोग गरिरहेको छ’

वाशिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनको बढिरहेको सैन्य तागतप्रति चिन्ता व्यक्त गर्दै वामपन्थी देश अब विश्वको लागि खतरा बनेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले सैन्य क्षमता बढाउनको लागि चीनले आफ्नो देश अमेरिकामा इन्टेलेक्चुअल प्रोपर्टी राइट्सको चोरीमा कुनै रोक नलगाएको आरोप लगाउँदै साे कुरा बताएका हुन् ।

साथै उनले चीनले सैन्य बजेटमा ७ प्रतिशतको बढोत्तरी गरेर त्यसलाई १५.२ करोड डलर गरेको समेत बताए । उनले भने, ‘उ दक्षिणी चीन सागमा अमेरिकालाई घेर्ने कोशिष गरिरहेको छ ।’

राष्ट्रपति ट्रम्पले शुक्रबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मारिसनसँगको बैठक पछि पत्रकारसँग कुरा गर्दै भने, ‘चीनले तेजसँग सैन्य तागत वृद्धि गरेर संसारको लागि खतरा उत्पन्न गराइरहेको छ । उसले खुलेआम अमेरिकी बैद्धिक सम्पतिको प्रयोग गरिरहेको छ । अमेरिकाका पूर्व राष्ट्रपतिले चीनलाई हरेक वर्ष ५० हजार करोड डलर र हाम्रो इन्टेलेक्चुअल प्रोपर्टी राइट्स लैजानको अनुमति दिए । मलाई यो विषयलाई लिएर कदम उठाउनु जरुरी छ ।’

राष्ट्रपति ट्रम्पले भने, ‘अमेरिका र चीन व्यापार सम्झौतामा नजिक थिए । हामी इन्टेलेक्चुअल प्रोपर्टीमा मिलेर काम गरिरहेका थियौँ । कयौँ कठिन अवस्थामा कुराकानी गर्यौँ । तर उसले अन्तिम समयमा सहमतिमा आउन सकेन । पछिल्लो वर्ष दुबै देशबीच व्यापार सम्झौतामा कुरा विग्रिएको थियो । मैले भनेको थिएँ कि ठिकै छ हामी तपाईंको वस्तुहरुमा २५ प्रतिशत ट्यारिफ चार्ज गरिरहेको छु । त्यसपछि यो बढ्दै गयो ।’

विश्वका दुई ठूला अर्थव्यवस्थाबीच ट्रेड वार चलिरहेको छ । ट्रम्पले पछिल्लो वर्ष मार्चमा २५० अर्ब डलरको चिनी उत्पादनमा कर लगाएको थियो । यसको जवाफमा चीनले पनि अमेरिकीको ११० अर्ब डलरको अमेरिकी उत्पादनमा ट्यारिफ लगाएको थियो । यसपछि दुबै देशबीचको व्यापरलाई लिएर कुराकानी बन्द छ ।

अमेरिकाले भनेको थियो कि चीनसँग व्यापारलाई लिएर त्यो बेलामात्र वार्ता हुन्छ जब उ अमेरिकी हितलाई ध्यानमा राख्नेछ । एजेन्सीको सहयोगमा 

गाउँ सहर डेस्क

तपाईँको मत