प्रेरणा

लाभ होस या हानी, हरेक परिस्थितिमा प्रशन्न हुनु पर्दछ 

प्राचिन लोक कथा अनुसार एक सन्त कहिल्यै पनि आफ्नो घरबाट कसैलाई खाली हात जान दिँदैनथे । एकदिन कुनै भिखारीले त्यो सन्तको घरको ढोका ढकढकाए । सन्तले ढोका खोले र भिखारीलाई देखेर भित्र केही लिन गए । घरमा उसलाई दिनको लागि खानेकुरा थिएन । अनि सन्तले भान्साकोठाबाट एक गिलास उठाए र भिखारीलाई दिए ।

गिलास देखेर भिखारी खुसी भए र त्यहाँबाट हिँडे । जब यो कुरा सन्तको पत्नीलाई थाहा भयो उनले चिच्याएर भनिन— तपाईंले यो के गर्नुभयो, त्यो गिलास चाँदीको थियो । धेरै महँगो थियो । तपाईंले कुनै चिज दिनु थियो । अन्जानमा ठूलो नोक्सानी गरिदिनु भयो ।

यो कुरा सुनेर सन्त तुरुन्तै दौडिएर भिखारीकोमा गए र उसले भने— भाई यो गिलास चाँदीको हो, यसलाई कम मूल्यमा नबेच्नु ।

केही समय पछि सन्त खाली हात घर आइपूगे । उनी प्रशन्न देखिएका थिए । पत्नीले सोधिन— गिलास लिएर आएकोमा खुसी हो की अरु कुनै ?

सन्तले भने— म यो कुराको अभ्यास गरिरहेको छु कि हामी ठूला ठूला नोक्सानीमा पनि प्रशन्न रहनु पर्दछ । दुखी र निराशा हुनु हुँदैन । मैले अन्जानमा त्यो भिखारीलाई मूल्यवान सामान दिएँ, तर दिएको चिज फिर्ता लिन सकिन्न । यसले नोक्सानी भयो तर म दुखी छैन ।

हरेक स्थितिमा प्रशन्न हुनुहोस र जे भयो त्यसलाई भगवानको इच्छा मानेर अगाडि बढ्नु पर्दछ ।

शिक्षाः यो सानो कथाले ठूलो ज्ञान दिएको छ । हामीलाई लाभ होस या हानी, हरेक परिस्थितिमा प्रशन्न हुनु पर्दछ । हानी हुँदा दुखी र निराश बन्नु हुँदैन । तबमात्र जीवनमा सुखी रहन सकिन्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत