विश्व

अष्ट्रेलियन वैज्ञानिकको दावी - मृत्युपछि मानिसको शव हल्लिन्छ !

अष्ट्रेलिया । मृत्युपछि मानिसको शरीर करिब एक वर्षसम्म हल्लिन्छ । अर्थात आफ्नो स्थानबाट सर्छ । यो दावी अष्ट्रेलियका वैज्ञानिक एलिसन विल्सनले आफ्नो अनुसन्धानमा गरेका छन् ।

उनले एक लाशमा १७ महिनासम्म अध्ययन गरे र लाशको हरेक चाल उनले क्यामेरामा कैद गरे ।

एलिसनका अनुसार मृत्युपछि मानिसको शरीरमा केही समयसम्म चल्ने गर्दछ । यहि कारण कयौँ मुर्दा जिउँदो हुनपनि सक्छ ।

अनुसन्धानकर्ता एलिसन विल्सनका अनुसार, अध्ययनको सुरुवातमा शवको हात शरीरमा च्यापेर राखे । पछि हात विस्तारै विस्तारै बाहिर निस्कियाे । उनले भने- यो सायद डीकंपोजिशनको कारणबाट भएको हो । समयसँगै जसरी शरीर सुक्दै जान्छ उसको चालपनि बढ्ने गर्दछ ।

एलिसन भन्छन्— यो अध्ययनबाट आत्महत्या र मृत्युको घटना थाहा पाउन मद्धत मिल्न सक्छ । शवमा अनुसन्धान गर्नको लागि एलिसन हरेक महिना तीन घण्टा फ्लाइट लिएर कैर्न्सबाट सिड्नी जान्थे । यो अनुसन्धानमा शवको मुभमेन्ट अब्जर्भ गर्नको लागि टाइम प्लेस क्यामेरा लगाइएको थियो । जसले हरेक ३० मिनेटमा शवको तस्वीर लिने गर्दथ्यो । 

एलिसनका अनुसार, बालापनमा जिज्ञासा थियो कि मृत्युपछि शरीर कस्तो हुन्छ भनेर । फोरेंसिक साइन्स इन्टरनेशनल सिनर्जी जर्नका अनुसार, यो अध्ययनको मद्धतले मृत्युपछि शरीरमा हुने परिवर्तनलाई बुझ्न सहयोगी हुनेछ ।

एलिसनलाई भन्नुछ— यो खुसीको कुरा हो कि आफ्नो अनुसन्धानमा उनी सफल भए र लाशमा देखिने हरेक हरकतलाई सबैसामू ल्याउन सके । यसलाई अहिलसम्म कसैले बुझेका छैनन् । यसलाई थप विस्तार गर्ने कोशिषमा लागिरहने छु । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत