जीवनशैली

सुतेको समय ढोकातिर खुट्टा हुनुहुँदैन, पूराण र स्मृतिग्रन्थ यसो भन्छ

ग्रन्थमा सुतेको समय केही महत्वपूर्ण नियम बताइएको छ जसको ध्यान सबैले गरेको राम्रो हुन्छ । जो व्यक्ति यी कुराहरुलाई ध्यानमा राख्दैन उसलाई जीवनमा कयौँ तरिकाका समस्याहरुको सामना गर्नुपर्ने हुनसक्छ । साथै धन सम्बन्धमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ ।

  1. वास्तुशास्त्रमा बताइएको छ कि सुतेको समय कहिल्यैपनि खुट्टा ढोकातर्फ हुनुहुँदैन । यसो भएमा देवी लक्ष्मी घरमा प्रवेश गर्दिनन् ।
  2. विष्णु पुराण अनुसार सुतेको समय पश्चिम या उत्तर दिशातर्फ खुट्टा हुनु पर्दछ । यसले स्वास्थ्य सम्बन्धी समस्या हुँदैन ।
  3. महाभारत अनुसार कहिल्यैपनि जूठो मुख सुत्नु हुँदैन । यसले रोग हुन्छ र घरमा दरिद्रता प्रवेश गर्दछ ।
  4. मनु र अत्रिस्मृतिमा भिजेको खुट्टा राखेर कहिल्यै सुत्नु नहुने उल्लेख छ । यदी सो भएमा लक्ष्मी रिसाउने विश्वास गरिन्छ ।
  5. धर्मसिंधु ग्रन्थले सुतेको समय मुखमा पान वा त्यस्ता चीज हुनुहुँदैन । साथै शिरमा तिलक, टिका भए हटाउनु पर्दछ । टोपी लगाएर सुत्नुपनि हुँदैन भनिएको छ ।
  6. गौतमधर्म सूत्रका अनुसार बिना कपडा सुत्नु हुँदैन । यसो गर्दा दोष लाग्ने गर्दछ र दरिद्रता गृह प्रवेश गर्ने मान्यता छ ।
     

गाउँ सहर डेस्क

तपाईँको मत