जीवनशैली

२, ४ होइन ६, १० भुजाधारी पनि हुन भगवान गणेश, जान्नुहोस हरेक रुपको के छन विशेषता

हिन्दु धर्ममा भगवान गणपतिलाई बल, विद्या र बुद्धिको देवता मानिन्छ । शास्त्रमा भगावान श्री गणेशका ३२ मंगलकारी स्वरुपको वारेमा वर्णन गरिएको छ । गणपतिको शारीरिक संरचनामा विशिष्ट वा गहिरो अर्थ छ । मानिन्छ कि हरेक युगमा गणेशजी अधर्म नाश गर्नको लागि नयाँ अवतार लिन्छन् । 

सामान्यतयाः तस्विरमा भगवान गणेशजी को दुइ या ४ मात्र भुजा देखिन्छ तर के तपाईंलाई थाहा छ कि २ या ४ मात्र होइन ६ र १० भुजा हुने गर्दछ । 

२ भुजामा गणेश

भगवान गणेश आफ्ना दुइ भुजाको स्वरुमा धूम्रकेतु हुन् । शुक्ल अष्टमीमा शिवगौरीनन्दनका धूम्रकेतु स्वरुपको पूजा अर्चना श्रेष्ठ मानिन्छ । सहृदय गणेश यो रुपमा पापिको संहारक हुन्छन् । उनी यो स्वरुपमा नीलो घोडामा सवार भएर घोर कलियुगमा अवतारित हुनेछन् । कलियुगमा उनको यो स्वरुप हो ।

४ भुजामा गणेश

शिवगौरीनन्दन गणेशको चतुर्भुज रुपको छुट्टै महत्व हुन्छ । उनको चार भुजामा चार अलग अलग वस्तु हुन्छन् । उनको चार भुजामध्ये एक हातमा अंकुश, दोस्रोमा पाश, तेस्रोमा मोदक र चौथोमा आशीर्वाद हो ।

६ हातमा गणेश

भगवान मयूरेश्वरको वाहन मयूर हो । गणपतिको यो स्वरुपमा उनको ६ हात हुन्छन् । मयूरेश्वरले नै दैत्यराज सिंधुलाई मुक्ति प्रदान गरेका थिए । 

१० हातमा गणेश

भगवान गणेश दश भुजमा सर्वसिद्धिदाता विनायक हुन् । उनको स्वरुप अत्यन्त तेजवान र कृपाकारक हुन्छ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत