जीवनशैली

यस्ता रेखा भएका धनवान र भाग्यशाली

काठमाडौँ । हस्तरेखा विज्ञानका अनुसार हातमा विभिन्न रेखा तथा निशानीले कुनै व्यक्तिको आयु, शिक्षा, रोजगार, विवाह, धन, सन्तान सुखको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । 

हातमा कुनै निशान वा रेखा हुन्छ भने ज्योतिषीय दृष्टिबाट त्यो शुभ मानिन्छ । यो रेखा मध्येमा एक सूर्य रेखा हुन्छ । सूर्य रेखा काइँली औलाको तल हुन्छ । ज्योतिषीय विज्ञानमा यसलाई सूर्य पर्वतको नामले चिनिन्छ ।

यदी सूर्य रेखासँग मष्तिष्क रेखा बनेको छ भने यो शुक्ष वा फलदायी मानिन्छ । यस्ता व्यक्ति धनवान र भाग्यशाली हुने गर्दछन् । यस्तो रेखा भएकाले सबै कार्यमा सफलता प्राप्त गर्दछन् । यदी कुनै व्यक्तिको हातमा सूर्य पर्वतमा सूर्य रेखा पूर्णतया बनेको हुन्छ भने त्यो व्यक्ति कुनैपनि काममा सफल हुन्छ । हातमा दुइवटा सिधा सूर्यको रेखा छ भने त्यो पनि शुभ मानिन्छ । जसको यस्तो रेखा हुन्छ उसँग धन, वैभव र मान-सम्मानको कुनै कमी हुँदैन । यस्ता व्यक्तिको भाग्य राम्रो हुन्छ ।

सूर्य रेखामा त्रिभूज या रथ जस्तो शुभ चिन्ह छ भने त्यस्ता व्यक्ति आफ्नो क्षेत्रको गन्तव्यमा पुग्ने गर्दछ । जानकारीमा हाम्रो कुनै दावी छैन ।
 

गाउँ सहर डेस्क

तपाईँको मत