जीवनशैली

ऋषि पञ्चमी, यस्ताे छ विश्वास र प्राप्त हुने फल

काठमाडाैँ । ऋषि पञ्चमी पर्व भाद्रपद शुक्ल महिनाको पञ्चमी तिथिमा मनाइन्छ, जुन आज हो । आज महिलाहरु सप्त ऋषिको पूजा गर्दछन् । आज महिला ऋषिको पूजा गरेर उनीसँग धनधान्य, समृद्धि, सन्तान प्राप्ति तथा सुख शान्तिको कामना गर्दछन् । 

पुराण अनुसार भाद्र शुक्ल पक्षको पञ्चमी तिथिलाई ऋषि पञ्चमी भनिन्छ । पौराणिक कथा अनुसार चतुर्थी युक्त ऋषि पञ्चमी तिथि ऋषि ऋषि पञ्चमीको लागि ग्राह्य मानिन्छ ।

यस्ताे छ कथाः

भविष्योत्तर पुराणमा भनिएको छ भगवान ईन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाई मारेपछि ब्रह्माजीले भगवान ईन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाँडिदिए । जसअनुसार पहिलो पापको पूल्ठो अग्निको धूँवा मिश्रित ज्वालामा, दोश्रो नदिहरुमा बग्ने फींज भएको वर्षाको जलमा, तेश्रो पहाड पर्वतमा भएका रुखमा उम्रिने एँजेरु तथा सेपमा बसेको ढुङ्गाको काइको रुपमा तथा चौथो नारीजातिहरुको रजस्वालाको रुपमा । यसकारण मासिक धर्मका समय लाग्नेपापहरुको निबृतिको लागि यो व्रत महिलाहरुद्वारा गर्ने चलन बसेर गयो ।

यो पौराणिक कर्म हो । यसका उप द्रष्टा ऋषि सबरतमा हुन् । उनैले दिएको सल्लाह र निर्देशन अनुसार यो ब्रत बस्ने चलन चलेर गएको हो । मध्यान्हकालको स्नान, रेशमी कपडाको पहिरन, शाकाहारी विशेष गरी हलो कोदालोले नाजोते नखनेको जिनिसको भोजन, ऋषि पत्नी अरुन्धती सहित सप्त ऋषिहरुको पूजा यस व्रतको विशेषता हो ।

पूजा विधिः

ब्राम्हण पुराण अनुसार ऋषि पञ्चमीको दिन महिलाहरु घरमा सरसफाई गरेर पूर्ण विधिका साथ सात ऋषिसँगै देवी अरुँधतीको स्थापना गर्दछन् । सप्त ऋषिलाई बेसार, चन्दन, पुष्प, अक्षता आदिले पूजा गरेर क्षमा याचना गरी सप्तऋषिको पूजा गरिन्छ । पूर्ण विधिसँग पूजा गरेपछि ऋषि पञ्चमी व्रत कथा सुनिन्छ र पण्डितहरुलाई भोजन गराएर व्रतको उद्यापन गरिन्छ ।

व्रतकाे संकल्पः

अहं ज्ञानतोऽज्ञानतो वा रजस्वलावस्यायां कृतसंपर्कजनितदोषपरिहारार्थमृषिपञ्चमीव्रतं करिष्ये।

यस्तो संकल्प गरेर बशिष्ठ ऋषिकी पत्नी अरून्धतीका साथ सप्तर्षिहरुको पूजा गरिन्छ !

अरून्धतीको लागि मन्त्रः

अत्रेर्यथानसूया स्याद् वसिष्ठस्याप्यरून्धती । कौशिकस्य यथा सती तथा त्वमपि भर्तरि॥

यस मन्त्रद्वारा अरून्धतीलाइ आवाहन गरेर पूजा गरिन्छ । यो व्रतकोलागि पूजा गरिंदा सात जना ब्राह्मणहरु, सात बटा कलशमा सात जना ऋषिहरु स्थापना गरी गरिन्छ ! अन्तमा ऋषिहरुको बनाइएको प्रतिमा तिनै सातजनालाई दान दिइ पठाउने चलन भेटिन्छ ।

अर्ध्यमन्त्रः

कश्यपोत्रिर्भरद्वाजो विश्वामित्रोय गौतम:।

जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषय: स्मृता:॥

गृह्णन्त्वर्ध्य मया दत्तं तुष्टा भवत मे सदा॥

वराहमिहिरको बृहत्संहिता अनुसार स्वायाम्भुव मन्वन्तरका ऋषिहरू मरीचि, वसिष्ठ, अंगिरा, अत्रि, पुलस्त्य, पुलह, क्रतु; र साध्वी अरून्धती वसिष्ठ ऋषि संग पूजा गरिन्छ । कोहि व्यक्तिहरु बैबश्वत मन्वनतरकै ऋषिहरू कश्यप, बशिष्ठ, भारद्वाज, गौतम, जमदग्नि, अत्रि, विश्वामित्रको पूजा गर्दछन् ।

व्रतको फलः

यो दिन व्रत राखेर विधिसम्मत सप्तर्षिको पूजा गर्दा व्यक्तिको सबै प्रकारको पाप नष्ट हुने विश्वास गरिन्छ । अविवाहित स्त्रीको लागि यो व्रत धेरै महत्वपूर्ण र फलकारी मानिन्छ । यो दिन हलोले जोतेर उम्रिएको अन्न खाइँदैन अर्थात जमीनबाट उम्रिएको अन्न ग्रहण गरिँदैन ।

गाउँ सहर डेस्क

तपाईँको मत