जीवनशैली

गणेश चतुर्थी आज, यस्तो छ पूजाको शुभ मुहूर्त र महत्व

काठमाडौँ । भगवान गणेशलाई ज्ञान, बुद्धि र सौभाग्यको प्रतिक मानिन्छ । भगवान गणेशलाई गजानन, गजदंत, गजमुख जस्ता नामले पनि जानिन्छ । हरेक वर्ष गणेश चतुर्थीको पर्व भगवान गणेशको जन्मोत्सवको रुपमा मनाइन्छ । गणेश चतुर्थीको पर्व हरेक वर्ष पञ्चागको भाद्रपद महिना शुक्ल पक्षको चतुर्थीमा मनाइन्छ । यसपटक गणेश चतुर्थी आज अर्थात १६ गते सोमबार परेको छ । आजबाट २४ गते मंगलबारसम्म गणेश उत्सव मनाइन्छ ।

गणेश भगवानको उत्पतिको कथा
पौराणिक कथा अनुसार, एकपटक माता पार्वती स्नान गर्नुभन्दा अगाडि चन्दन लगाइरहेकी थिइन् । उनको सुरक्षार्थ गणेश ढोकामा बसेका थिए । माता पार्वतीले स्नान गरिन । त्यहि बेला भगवान शिव घर पुगे तर गणेशले भित्र जानबाट रोके । यसले शिवजी क्रोधित भए र गणेशको शिर अलग गरिदिए । माता पार्वतीलाई जब यो कुरा थाहा भयो तब उनी अत्यन्तै दुःखी भइन् । यसपछि शिवजी ले गणेशलाई जीवित गर्ने बचन दिए । उनले गणेशको शिर खोज्न पठाए । गण बालकको शिर कहिँपनि नपाएर हातीको शिर लिएर पालक पुगे । उनले हातीको शिर गणेशलाई लगाएर दोस्रोपटक जन्म दिए । मान्यताअनुसार यो घटना चतुर्थीको दिन भएको थियो । यसैले यो दिन गणेश चुतुर्थी मनाइन्छ ।

गणेशसँग जोडिएका केही मान्यता
आजको दिन माटोबाट बनेको भगवान गणेशको मूर्ति घरमा स्थापीत गर्नुहोस् । मूर्ति प्राण प्रतिष्ठाबाट सुरु गर्नु पर्दछ । यो पूजा १६ चरणमा हुन्छ । पूजाको समयमा भगवान गणेशको मनपर्ने लड्डू चढाउनु होस् । यसमा मोदक, श्रीखण्ड, नरिवल, चामल, र मोतीचूरको लड्डू समावेश हुन्छ । यो १० दिनको पूजामा मानिसहरु दैनिक विहान साँझ भगवान गणेशलाई आरती गर्दछन् । मान्यता अनुसार आयोजक भजन संध्या पनि आयोजना गर्दछन् ।

गणेश चतुर्थीको समय र शुभ मुहूर्त
गणेश चतुर्थी तिथिः १६ गते सोमबार
गणेश विसर्जन तिथिः २४ गते मंगलबार
मध्यान्न गणेश पूजाः दिउसो ११ः२० बाट १ः५१ बजे
चन्द्रमा नदेखिने समयः विहान ९ः१० बजेबाट साँझ ९ः२० बजे ।
 

गाउँ सहर डेस्क

तपाईँको मत