जीवनशैली

हरितालिका तीजः जान्नुहोस् व्रत राख्ने तरिका

काठमाडौँ । हरितालिका तीज, पतिको लामो आयु एवं सौभाग्य वृद्धिको लागि भाद्रपद शुक्ल पक्ष तृतीयामा माता गौरी एवं भगवान भोलेनाथको पूजा आराधना गरिन्छ । यसपटक १५ गते आइतबार ११ः१७ बजेबाट प्रारम्भ भएर १६ गते सोमबार विहान ९ः१७ बजेसम्म तृतीया तिथि परेको छ ।

यसकारण उदया तिथि अनुसार १६ गते सोमबार तीजको व्रत राखिन्छ । सो दिन सूर्योदय ६ बजे हुनेछ । विहान ९ बजेर १७ मिनेटपछि चतुर्थी तिथि लाग्नेछ । यो दिन हस्त नक्षत्र दिनमा १ बजेर ५० मिनेट, पश्चात नक्षत्र, शुभ योग दिनको ११ बजेर २४ मिनेटपछि शुक्ल योग । चन्द्रमाको संचरण कन्या राशिमा हुनेछ । भाद्रपद महिनाको शुक्ल पक्षको तृतीयामा हरितालिकाको व्रत गरिन्छ । यसमा यदी तृतीया तिथिको मुहूर्त (२ घटी अर्थात ४८ मिनेट—१ मुहूर्त) भएपनि यो तिथि ग्राह्य हुन्छ । किनभने द्वितीयाबाट युक्त तृतीयाको निषेश तथा चतुर्थीको योग श्रेष्ठ हुन्छ । गौरी र गणेशको तिथिको समिश्रण उत्तम मानिएको छ । यसकारण १६ गते निर्विवाद रुपले पवित्र व्रत हरितालिका राखिन्छ ।

यो वर्ष व्रतको महात्य भाद्रपद तृतीया तिथि सोमबार भएको र चन्द्रमा कन्या राशिमा पर्ने भएकोले दैनिक ग्रहीय स्थितिनुसार धनको स्थानमा अवस्थित भएर आयुष्य भावमा दृष्टिपात गर्नेछ । हस्त नक्षत्रको स्वामी चन्द्र आफ्नै बारको नियमन गरिरहेको छ । यसकारण व्रतले पतिको आयुष्य एवं सौभाग्य वृद्धिको साथै अनेकन शुभ प्रदान गर्ने विश्वास छ ।

व्रतमा महिलाले अन्न, जल ग्रहण नगरेर श्रद्धापूर्वक गर्दछन् । पुराणका अनुसार, यो व्रत देवी पार्वतीले गरेकी थिइन् । जसस्वरुप उनले भगवान शंकरलाई प्राप्त गरेकी थिइन् ।

यो दिन पूजा, अर्चनासँगै पार्वतीको कथापनि सुनिन्छ जसमा देवी पार्वतीको त्याग, धैर्य एवं एकनिष्ठ पतिव्रतको भावनालाई बुझेर मन विभोर हुने गर्दछ । यो दिन मुख्य रुपले शिव-पार्वती र मंगलकारी गणेशजी को पूजा अर्चना गर्ने परम्परा छ ।

ज्योतिषीका अनुसार सोमबार तृतीया तिथि शास्त्रका अनुसार मानिन्छ । सोमबार साँझ ८ बजेर १० मिनेटदेखि भद्रा लाग्नेछ । यसकारण भद्रापूर्व नै पूजा अर्चना गर्नु मंगलकारी हुनेछ । द्वितीया युक्त तृतीयामा यो व्रत लिइँदैन । साथै चतुर्थीसहित तृतीयामा व्रत गर्नु फलदायी हुनेछ । यो व्रतमा सौभाग्यवती स्त्री नयाँ रातो लुगा लगाएर, मेहन्दी लगाएर, सोह्र श्रृंगार गरेर शुभ मुहूर्तमा भगवान शिव र पार्वतीको पूजा गर्दछन् ।

तीजमा भगवान शिव, माता पार्वती र गणेश जी को पूजा गर्नु पर्दछ । पूजा घरलाई फूलले सजाउनुहोस् । केरा शिवजीलाई चढाउनुहोस् । तिनैको प्रतिमा या फोटो स्थापित गर्नुहोस् । देवी देवातालाई आव्हान गर्नुहोस् । विधिवत पूजा गर्नुहोस् । पतिको सामान देवी मातालाई चढाउनुहोस्, पूजा गर्नुहोस् । यसपछि कथा श्रवण गरेर राति जाग्राम बस्नुहोस् ।

गाउँ सहर डेस्क

तपाईँको मत