प्रेरणा

बच्चाको हातबाट दान गर्नुहोस, परिवारसहित तीर्थयात्रा गर्नुहोस्

कडा मेहनतपछि पनि यदी सफलता हाता पर्दैन भने यसको कारण दुर्भाग्य या हाम्रो नजिक रहेका नकारात्मक उर्जा हुन सक्दछ । सफलताको लागि मेहनत जति जरुरी छ त्यति नै भाग्यसँग मिल्नुपनि आवश्यक हुन्छ ।

यदी मेहनत र भाग्य एकसाथ मिलेमा सफलता निश्चित हुन्छ । वास्तुमा केही सजिलो उपाय बताइएको छ जसलाई पछ्याएर हामी आफ्नो जीवनबाट दुर्भाग्य भगाउन सक्छौँ ।

विहान उठ्नेबित्तिकै सबैभन्दा पहिले इश्वरलाई सम्झनुहोस् । नित्यकर्म पछि हनुमान चालीसा पाठ गर्नुहोस् । भाग्यको साथ पाउनको लागि परिवारसहित तीर्थयात्रामा अवश्य जानुहोस् । यसले घर परिवारमा धन-सम्पतिमा वृद्धि ल्याउँछ ।

बच्चा मनदेखि नै कोमल हुन्छन् । बच्चाको हातबाट दान अवश्य गराउनुहोस् । यसो गर्दा पूरै परिवारलाई सौभाग्य प्राप्ति हुने विश्वास गरिन्छ । अमावस्याको दिन कुनै निर्धनलाई भोजन गराउनुहोस् । पितृलाई साँचो मनले याद गर्नुहोस् । गौमातालाई धर्तीमा इश्वरको वरदान मानिन्छ । घरमा बनेको भोजनबाट गौमाता लाई भाग अवश्य लगाउनुहोस् । यसो गर्दा सारा मनोकामना पूर्ण हुन्छ ।

राति सुत्ने समय एक भाँडो पानी भरेर ओछ्यानको नजिक राख्नुहोस् । विहान उठेर त्यो पानी कुनै वृक्षमा चढाउनु होस् । भान्साघरमा हरेक साँझ दियो जलाउनुहोस् । यसो गर्दा नकारात्मक उर्जाको प्रभाव दूर हुने गर्दछ । साँझको समय कहिल्यैपनि घरमा कुचो-झाडु-सफाई नगर्नुहोस् । यस्तो गर्दा आर्थिक हानी हुन सक्छ ।

घरमा देवी देवतालाई ताजा फूलले श्रृंगार गर्नुहोस् । घर प्रवेश गर्दा कहिल्यैपनि खाली हात नछिर्नुहोस् । जहिल्यै केही न केही लिएर मात्र गृह प्रवेश गर्नुहोस् । दैनिक विहान-साँझ कपूरले आरती गर्नुहोस् । यसो गर्दा परिवारमा आकस्मिक दुर्घटना हुने आशंका कम हुने गर्दछ । एजेन्सी । यो जानकारीमा हाम्रो कुनै दावी छैन ।
 

गाउँ सहर डेस्क

तपाईँको मत