प्रेरणा

“मृत्यु अटल सत्य छ भन्ने जान्दाजान्दै पनि हामी अन्जान बन्छौँ”

काठमाडौँ । महात्मा बुद्धको समयको कुरा हो । मृत्युपछि आत्मालाई स्वर्गमा प्रवेश गराउनको लागि पण्डित कुनै विशेष कर्मकाण्ड गर्दथे । यसको विपरित पण्डितले जमेर दान-दक्षिणा लैजान्थे । मानिसहरु आफ्नो मृत परिवारजनको स्वर्गमा स्थान दिलाउनको लागि पण्डितको हरेक कुरा मान्दथे ।

एकदिन गाउँमा एक बृद्ध पुरुषको मृत्यु भयो । उनका छोराले यो सोचे की, पिताजीको आत्मालाई स्वर्गमा स्थान दिलाउने । उनले महात्मा बुद्धको मद्यत लिए । ति युवक बुद्धकोमा गए र भने— कृपया कुनै यस्तो उपाय बताइदिनुहोस जसले गर्दा मेरो पिताजीको आत्मालाई स्वर्गमा स्थान मिल्न सकोस् ।

बुद्धले भने— तिमी दुइवटा माटोको भाँडो ल्याउ, एउटामा पत्थर र अर्कोमा घीउ भर । दुबै भाँडालाई लिएर नदीको बीचमा हातले फोरिदिनु । यसपछि के भयो, मलाई आएर बताउनु । 
युवकलाई बुद्धको कुरा दिमागमा त घुसेन तर उसले त्यस्तै गरे, जस्तो बुद्धले बताएका थिए ।

भोलिपल्ट युवकले बुद्धलाई भने कि— पत्थर र घीउले भरिएको भाँडालाई नदीमा लगेर मैले फूटाएँ । पत्थर भएको भाँडामा प्रहार गर्दा फूट्यो र पत्थर पानीमा डुब्यो । घीउ भएको भाँडामा प्रहार गर्दा भाँडा फूट्यो र घीउ नदीसँगै बग्यो ।

बुद्धले भने— के कुनै मन्त्र या कर्मकाण्डले पत्थर पानीको माथी र घीउ पानीको सतहमा गएर बस्न सक्छ ?

युवकले भने— यस्तो त असम्भव छ, हुनै सक्दैन । न पत्थर पानीमा तैरिन सक्छ न घीउ डुब्न ।

त्यसपछि बुद्धले भने— ठीक यस्तै तिम्रो पिताजीसँग भएको छ । उनले जुनसुकै राम्रो कर्म गरेका छन तिनले उनलाई स्वर्गको दिशामा लैजानेछ र नराम्रो कामको कर्म गरेका भए नरकतर्फ लैजान्छ । तिमी जतिसुकै पूजा, जप गर उनको कर्मफल परिवर्तन गर्न सक्दैनौँ ।

यस प्रसंगले मृत्यु अटल सत्य छ भन्ने स्पष्ट गर्दछ । मानिसहरु यो सत्य जानेर पनि अन्जान जस्तै बन्छन् । केही व्यक्ति जीवनभर केवल नराम्रो काम मात्र गर्दछन, यस्ता व्यक्तिलाई कसैले सम्झँदैन । यहीँ केही व्यक्ति जहिल्यै अर्काको मद्यत गर्न तयार हुन्छन, यस्ता व्यक्तिलाई सम्मानसहित याद राखिन्छ ।

हामीले यो कुरा बुझौँ कि यस्ता व्यक्तिलाई स्वर्गमा स्थान मिल्नेछ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत