जीवनशैली

हरेका पूजा-पाठमा काम आउँछ कुश, जान्नुहोस उत्पतिको रहस्य

काठमाडौँ । कुश एक प्रकारको घाँस हो । प्रायः पूजा, हवन आदि कार्यमा कुशको प्रयोग गरिन्छ । तपाईंलाई यसको उत्पतिको बारेमा थाहा छैन भने पढ्नुहोस यो रहस्य ।

पशुको एउटा प्रवृत्ति यो हुन्छ कि जब पानीमा स्नान गरेर बाहिर निस्कन्छन त्यतिबेला उनीहरुले शरीर जोडसँग हल्लाउँछन्, ताकि उनीहरुको शरीरमा भएको पानी झरोस् । यसरी हल्लिएकाे बखतमा पशुको रौँ पनि झर्छन् । त्यस्तै जब भगवान श्रीहरिले वाराह अवतार धारण गरे तब हिरण्याक्षको बध गरेपछि जब पृथ्वीलाई पानीबाट बाहिर निकाले र आफ्नो निर्धारित स्थानमा स्थापित गरे ।

यसपछि वाराह भगवानले पनि पशु प्रवृत्ति अनुसार आफ्नो शरीरमा भएको जल (पानी) झारे । त्यो बेला भगवान वाराहको शरीरमा भएको रौँ पृथ्वीमा झर्यो र कुशको रुपमा परिवर्तन भयो । कुशको उत्पति स्वयं भगवान श्रीहरीको अंगबाट भयो ।

यहि भएर कुशलाई पवित्र मानिन्छ ।

कुशको पवित्रताकै कारण कुनैपनि पूजा-पाठ, हवन-यज्ञ आदि कार्यमा कुशको प्रयोग गरिन्छ । प्रत्येक वर्ष कुशे औँसीमा यसलाई सावधानीपूर्वक जरा नभाँचेर निकालिने गरिन्छ ।

भदौ अमावस्यामा कुशोत्पाटिनी अमावस्याको नामबाट प्रचलित छ । ऊँ हूँ फट् मन्त्रले कुशोत्पाटन गरिन्छ ।

भोली १३ गते शुक्रबार कुशे औँसी परेको छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत