जीवनशैली

त्यो पिता नै बुद्धिमान हो जसले पुत्र-पुत्रीलाई असल संस्कार दिन्छ

जीवनमा सुख, शान्ति र सफलता चाहनुहुन्छ भने आचार्य चाणक्य नीति काम आउन सक्छ । यही शास्त्रका अनुसार पिताले ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् ।

पुत्राश्च विविधैः शीलैर्नियोज्याः सततम् बुधैः।
नीतिज्ञा शीलसंपन्नां भवन्ति कुलपूजिताः।।

चाणक्य नीतिको दोस्रो अध्यायको १० औँ नीति हो यो । यो नीति अनुसार त्यो पिता बुद्धिमान हुन्छ जसले आफ्ना पुत्र वा पुत्रीलाई गुण र संस्कारको शिक्षा दिन्छ । नीतिवान तथा शालीन व्यक्तिनै कूलमा पूजिन्छ ।

चाणक्य भन्छन कि बच्चाको पालन-पोषणमा लापरबाही गर्नु हुँदैन । किनकी सन्तानको गलत कामकै कारण पितालाई समाजमा अपमानित हुन पर्दछ । सन्तानले राम्रो काम गरे भने उसलाई पनि मान-सम्मान मिल्दछ र उसको पितालाई पनि । संस्कारी बच्चालाई कूलमा पूजिन्छ । जो व्यक्ति यो नीति पछ्याउँछ उसको घरमा सधैँ सुख, शान्तिले बास गरिरहन्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत