प्रेरणा

जो व्यक्ति अर्काको दुःखमा आफ्नो सुखको त्याग गर्दछ, उसलाई भरोसा गर्नुहोस्

काठमाडौँ । आचार्य चाणक्य नीतिलाई अहिले पनि मानिसहरुले सम्झन्छन्, उनकाे नीति जीवनमा लागू गर्दछन् । उनले आफ्नो नीतिबाट नै सामान्य बालक चन्द्रगुप्तलाई भारतको सम्राट बनाए । यदी दैनिक जीवनमा चाणक्य नीतिको पालना गरे हामी कयौँ समस्याबाट बच्न सक्दछौँ । चाणक्य नीति अनुसार कसैमा भरोसा गर्दा निम्न कुरा ध्यानमा राख्नु पर्दछ ।

यथा चतुर्भिस् कनकं परीक्ष्यते निघर्षणं छेदनतापताडनैस्। 
तथा चतुर्भिस् पुरुषं परीक्ष्यते त्यागेन शीलेन गुणेन कर्मणा।।

चाणक्य नीतिको पाँचौँ अध्यायको दोस्रो श्लोकका अनुसार सुनको शुद्धताको लागि त्यसलाई रगडिन्छ, काटेर देखाइन्छ, आगोमा जाँच गरिन्छ, पिटेर देखाइन्छ कि सुन शुद्ध छ कि छैन । सुनमा मिसावट हुन्छ भने यी चार कामबाट थाहा पाइन्छ । यस्तै कुनै व्यक्तिलाई भरोसा गर्नको लागि पहिले केही कुरा ध्यानमा राख्नु पर्दछ ।

नीति अनुसार कुनै व्यक्तिलाई भरोसा गर्नुभन्दा पहिले यो हेर्नुहोस् कि दुःख हटाउनको लागि आफ्नो सुखको त्याग गर्न सक्छ कि सक्दैन । यदी कुनै व्यक्ति अर्काको सुखको लागि आफ्नो सुखको त्याग गर्छ भने उसलाई भरोसा गर्न सकिन्छ ।

जुन व्यक्तिको चरित्र असल छ अर्थात जो व्यक्ति अर्काको लागि कहिल्यै गलत सोच्दैन, उसमा भरोसा गर्न सकिन्छ ।

क्रोधी, आलस्य गराउने, स्वार्थी, घमण्ड गर्ने, झुट बोल्ने व्यक्तिसँग भूलेर पनि भरोसा गर्नु हुँदैन । जो व्यक्ति शान्त स्वभावको हुन्छ, जहिल्यै साँचो बोल्छ, उ भरोसायोग्य हुन्छ ।

यदी कुनै व्यक्ति अधार्मिक तरिकाबाट काम गर्दछ र गलत तरिकाबाट धन कमाउँछ, त्यो व्यक्तिलाई भरोसा गर्नु हुँदैन । यस्ता मानिसले आफ्नो स्वार्थको लागि कसैलाई पनि धोका दिन सक्छ । धर्म र नीतिबाट धन कमाउने व्यक्तिलाई भरोसा गर्नु पर्दछ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत