प्रेरणा

ताकत र घमण्डले होइन विनम्रताले बढ्छ सम्मान

काठमाडाैँ । महाभारतमा जब पाण्डव वनवास गएका थिए, तब पाँचै भाई र द्रौपदी जंगलमा यताउता गरिरहेका थिए । सोही समय उनीहरु कैलाश पर्वतको जंगलमा पुगे । त्यो समय यक्षका राजा कुबेरको निवास पनि कैलाश पर्वतमै थियो । कुबेरको नगरमा एक सरोवर थियो, जसमा सुगन्धित फूल थिए । द्रौपदीलाई त्यो फूलको सुगन्ध आउने बित्तिकै उनले भीमसँग भनिन— मलाई त्यो फूल चाहियो । भीम द्रौपदीलाई फूल ल्याउन गए ।

बाटोमा भीमले एउटा बाँदर पुच्छर फैल्याएर सुतेको देखे । कुनै जीवलाई नाघेर अगाडि बढ्नु मर्यादा विरुद्ध थियो । यहिकारण, भीमले बाँदरसँग भने— के तपाईं पुच्छर हटाउन सक्नुहुन्छ । मलाई यहाँबाट जानूछ । बाँदरले सुनेन । भीमलाई रिस उठ्यो । उनले भने— तिमी जान्दछौ म महाबली भीम हुँ । बाँदरले भन्यो— यति शक्तिशाली छौ तिमी, आफैँ मेरो पुच्छर हटाएर जाउ न ।

भीमले पुच्छर हटाउनको लागि कोशिष गर्न थाले, तर पुच्छर हल्लिएन । त्यसपछि भीमले हार माने । उनी बाँदरसँग प्रार्थना गर्न लागे । बाँदरले आफ्नो असली रुप देखायो । किनकी उ नै स्वयं पवनपुत्र हनुमानजी थिए । उनले भीमलाई सम्झाए कि तिमीले कहिल्यै पनि आफ्नो शक्तिमा यस्तो घमण्ड गर्नु हुँदैन । ताकत र विनम्रता यस्तो गुण हो जुन विपरीत स्वभावका हुन्छन्, तर यदी यी एकै स्थानमा आए मात्र व्यक्ति महान हुने गर्दछ ।

यो प्रसंगबाट यदी कुनै व्यक्ति बलियो छ भने उसले घमण्ड गर्नु हुँदैन । ताकतसँगै घमण्ड भएमात्र व्यक्ति समाजमा मान-सम्मान प्राप्त गर्न सक्दैन । ताकतसँगै विनम्रता भए यही गुणको कारण व्यक्तिलाई सम्मान प्राप्त हुन सक्दछ । 
 

गाउँ सहर डेस्क

तपाईँको मत