प्रेरणा

सुखी रहन चाहनुहुन्छ ? देश, काल र परिस्थितिलाई बुझेर अगाडि बढ्नुहोस्

काठमाडौँ । रामायणमा हनुमानजी ले श्रीराम र सुग्रीवको मित्रता गराए । त्यो बेला श्रीरामले सुग्रीवलाई बचन दिएका थिए कि उनी बलिबाट रक्षा गर्नेछन् र राज्य पुनः दिलाउने छन् । यसपछि श्रीरामले बलिलाई बध गरे र सुग्रीवलाई राजा बनाए । जब श्रीरामले बलिलाई बाण चलाए तब उनी घायल भएर पृथ्वीमा लडे । उनका पुत्र अंगद नजिक आए, तब बलिले उसलाई ज्ञानको केही कुरा बताएका थिए ।

बालिले अंगद सँग भने - देशकालौ भजस्वाद्य क्षममाण: प्रियाप्रिये।
सुखदु:खसह: काले सुग्रीववशगो भव।।

यो श्लोकमा बलिले अंगदसँग भने कि सुखी रहनको लागि देश, काल र परिस्थितिलाई बुझेर अगाडि बढ्नु पर्दछ । देश अर्थात जहाँ हामी बस्छौँ, काल अर्थात समय र परिस्थिति अर्थात अवस्था, यी कुरालाई ध्यानमा राख्नु जरुरी छ । कसको साथ कतिबेला, कहाँ र कस्तो व्यवहार गर्दछ, त्यसको सही निर्णय लिनु पर्दछ । मनपर्ने-मननपर्ने, सुख-दुःखलाई सहनु पर्दछ र क्षमाभावसँगै जीवन व्यतीत गर्नु पर्दछ । यो कुरा ध्यान राख्दै सुग्रीवसँग रहनु ।

मृत्युको समय बलिले आफ्नो पापको लागि श्रीरामसँग मागे क्षमा याचना

जब बलि श्रीरामको बाणबाट घाइते भएर पृथ्वीमा लडे, त्यो बेला बलिले श्रीरामसँग भने कि तपाईं धर्मको रक्षा गर्नुहुन्छ, त्यसाेभए मलाई यो तरिकाले लुकेर बाणको प्रहार किन गर्नुभयो ?

श्रीरामले भने— सानो भाइको पत्नी, बहिनी, पुत्रको पत्नी र पुत्री, यी सब समान हुन्छन् । जो व्यक्ति यीनलाई गलत नजरले हेर्छन्, उसलाई मार्दा कुनै दोष लाग्दैन । बलि, तिमीले आफ्नो भाई सुग्रीवको पत्नीलाई गलत नजर राख्यौँ र सुग्रीवलाई मार्न खोज्यौ । यो पापको कारण मैले तिमीलाई मारेँ ।

बलिलाई आफूले गरेको गलत कर्ममा पश्चाताप भयो । उसले श्रीरामसँग आफ्नो पापको क्षमा याचना मागे । यसपछि बलिले अंगदलाई सुग्रीव र श्रीरामको सेवामा सुम्पिए । यसपछि श्रीरामले सुग्रीवलाई राजा बनाए ।
 

गाउँ सहर डेस्क

तपाईँको मत