जीवनशैली

दुईदिन मनाईंदै श्रीकृष्ण जन्माष्टमी, जान्नुहोस महत्व र पूजा विधि

काठमाडौँ । भगवान श्रीकृष्णको जन्मोत्सव अर्थात कृष्ण जन्माष्टमी आज ६ गते शुक्रबार र भोली ७ गते शनिबार दुईदिन मनाईंदै छ । जन्माष्टमीको पर्व हिन्दु पञ्चाङ्गका अनुसार, भाद्रपद महिना कृष्ण पक्षको अष्टमीमा मनाइन्छ । जुन आज र भोलीको दिन हो ।

विशेष ६ गते आज जन्माष्टमी मनाइन्छ । सर्वसाधारणहरु ७ गते जन्माष्टमी मनाउन सक्छन् । किनकी उदया तिथि (सूर्योदयको समय) अष्टमीको कुरा गर्दा यो ७ गते शनिबार छ । तर भगवान कृष्णको जन्मको समय आधा रातलाई अष्टमी तिथी भए ६ गते नै जन्माष्टमी मनाइन्छ ।

भगवान श्री कृष्णको जन्म रोहिणी नक्षत्रमा मध्यरात भएको थियो । भाद्रपद महिनामा आउने कृष्ण पक्षको अष्टमी तिथि रोहिणी नक्षत्रको संयोग हुनु शुभ मानिन्छ । रोहिणी नक्षत्र, अष्टमी तिथिको साथै सूर्य र चन्द्रमा ग्रहपनि उच्च राशिमा छ । रोहिणी नक्षत्र, अष्टमीसँग सूर्य र चन्द्रमा उच्च भावमा हुनेछ । द्वापर कालमा अद्भुत संयोगमा यो बार जन्म लिनेछन् । घर घरमा उत्सव हुँदैछ । लड्डु प्रिय बनेको छ । यो योगमा भगवान श्री कृष्णको पूजा गर्दा भक्तको सबै कष्ट भाग्ने विश्वास गरिन्छ । 

अष्टमी तिथि

अष्टमी ६ भाद्र २०७६ शुक्रबार विहान ८ः२४ मिनेटमा हुनेछ ।
७ गते शनिबार ८ः४७ मिनेटमा अष्टमी समाप्त हुनेछ । जन्मोत्सव तेस्रो दिनसम्म मनाइन्छ ।
रोहिणी नक्षत्र ६ भाद्र २०७६ दिउसो १ः१० बजे लाग्नेछ ।
रोहिणी नक्षत्र ८ भाद्र २०७६ राति १२ः२७ बजेसम्म रहने छ ।

जन्माष्टमीको महत्व

भगवान विष्णु र माता लक्ष्मीको कृपा पाउनको लागि श्रीकृष्ण जन्माष्टमी मनाइन्छ । भगवान कृष्ण नै भगवान विष्णुको अवतार हुन् । यसको अलावा भगवान कृष्णको ध्यान, व्रत र पूजा गर्दा भक्तलाई विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ । भगवान कृष्णको दाजू बलरामजी को पालन पोषण पनि नन्दबाबाको घरमा भएको थियो । वासुदेव जी को एक पत्नी थिइन रोहिणी जसको पुत्र बलराम जी महाराज थिए । कंशले देवकीलाई वासुदेवको साथ जेलमा राखे भने रोहिणीलाई नन्द बाबासँग पठाइदिए । वैष्णव पन्थलाई मान्ने हिन्दु धर्मका उपासकले भगवान कृष्णलाई आफ्नो आराध्य मान्ने गर्दछन् । आराध्य लाई सम्झनको लागि उनको जन्मोत्सव मनाउने गर्दछन् ।

जन्माष्टमीमा के चढाउने ?

त्व देवां वस्तु गोविंद तुभ्यमेव समर्पयेति !! यो मन्त्रको साथमा भगवान कृष्णलाई भोग लगाउनु पर्दछ । भोगको लागि मखन, मिश्री, दूध, धीउ, दही र मेवा महत्वपूर्ण मानिन्छ । पूजामा पाँच फल पनि चढाउन सक्नुहुन्छ ।

पूजा विधि

जन्माष्टमीको दिन व्रतालू विहान स्नान गरेर ब्रम्हा आदि पञ्च देवतालाई नमस्कार गरेर पूर्वा या उत्तर मुख भएर आसन ग्रहण गर्नुहोस् । हातमा जल, पुष्प लिएर व्रतको संकल्प यो मन्त्र उच्चारण गर्दै गर्नुहोस् ।

“मम अखिल पाप्रशमनपूर्वक सर्वाभीष्ट सिद्धये श्री कृष्ण जन्माष्टमी व्रत करिष्ये ।”

यसपछि बालक रुप श्रीकृष्णको पूजा गर्नुहोस् । मुहूर्तमा श्रीकृष्णलाई श्रृंगार गरेर विधिवत पूजा गर्नु पर्दछ । बाल गोपाललाई कोक्रोमा हल्लाउनुहोस् । प्रातः पूजनपछि दिउसो राहु, केतु, क्रूर ग्रहको शान्तिको लागि कालो तिल मिश्रित जलले स्नान गर्नुहोस् । यसले तिनको कुप्रभाव कम हुने गर्दछ ।

यो मन्त्र जप गर्नुहोस् 

विहान श्रीकृष्णलाइ पुष्प अर्पित गर्दै- ‘धर्माय धर्मपतये धर्मेश्वराय धर्मसम्भवाय श्री गोविन्दाय नमो नम:।' मन्त्र जप्नुहाेस्र । त्यसपछि चन्द्रमा उदाएपछि-  ‘ज्योत्सनापते नमस्तुभ्यं नमस्ते ज्योतिषामपते:! नमस्ते रोहिणिकांतं अघ्र्यं मे प्रतिग्रह्यताम!' मन्त्र जप्नुहाेस् । राति कृष्णा जन्मपूर्व- ‘ऊं क्रीं कृष्णाय नम:' मन्त्र जप गर्नुहाेस् ।

गाउँ सहर डेस्क

तपाईँको मत