जीवनशैली

आज शुक्र ग्रहको राशि परिवर्तन, १२ राशिमा के प्रभाव पर्छ !

काठमाडाैँ । ग्रह नक्षत्रको चाल परिवर्तन हुँदा हाम्रो जीवनमा धेरैकुरा परिवर्तन हुन सक्छ । आज ३१ गते शुक्रबार वैभव तथा विलासिता स्वामी दैत्यगुरु शुक्र ग्रहको राशि परिवर्तन हुन गइरहेको छ । शुक्र ग्रहको राशि परिवर्तन हुँदा सबै १२ राशिका जातमा प्रभाव पार्नेछ । कर्कट राशिमा रहेको शुक्र ग्रह आजको रातिबाट सिंह राशिमा प्रवेश गर्दैछ ।

ज्योतिषका अनुसार शुक्र सिंह राशिमा जानु अत्यन्त शुभ हुँदैन किनकी सिंह राशिको स्वामी सूर्यसँग शुक्रको शत्रुता छ । कुण्डलीमा शुक्रलाई जातको घर, वाहन, भोग विलास, सौन्दर्य, सन्तान सुख, राजपद आदिको कारक मानिन्छ । यही विषयमा शुक्रको प्रभाव देख्न पाइन्छ ।

अन्य राशिमा कस्तो प्रभाव पर्छ....हेर्नुहोस्ः

  1. मेषः यो राशि भएकाले महत्वपूर्ण कार्य दुइ तिन दिन रोक्नु पर्दछ । आर्थिक स्थिति राम्रो हुनेछ । नयाँ योजनाको सुरुवात पनि हुन सक्छ ।
  2. वृषः यो राशि भएकाहरुमा शुक्र परिवर्तनमा कुनै असर हुँदैन । भविश्यको लागि धन प्रवेश राम्रो हुन सक्छ । रिसबाट बच्नुहोला नत्र नोक्सानी व्यहोर्नुपर्ने हुन सक्छ ।
  3. मिथुनः यो राशि लाई शुक्र परिवर्तन लाभकारी हुनेछ । सहयोग प्राप्त हुन्छ । नयाँ कार्यको सुरुवात हुन्छ । उत्साही र वाणीमा नियन्त्रण राख्नुहोस । जीवनसाथीसँग मतभेद हुन सक्छ ।
  4. कर्कटः यो राशिमा सुरुमा सहयोग हुनेछ । कुनै विशेष काम बन्न सक्छ । प्रेम प्रसंगमा सफलता मिल्न सक्छ ।
  5. सिंहः यो राशि भएकाको आउने समय राम्रो हुनेछ । मित्रसँगको सम्बन्ध सुधार हुनेछ । धन लाभको अवसर मिल्न सक्छ ।
  6. कन्याः पारिवारिक विवाद हुन सक्छ । विवादबाट बच्नुहोस । वैवाहिक जीवन सुखी हुनेछ ।
  7. तुलाः मित्रसँगको सम्बन्ध सुध्रिने छ । धनलाभ हुनेछ ।
  8. वृश्चिकः यो राशि भएकालाई सरकारी काममा सफलता मिल्नेछ । नयाँ कामको योजना बन्ने र पारिवारिक आयोजनामा व्यस्त भइने छ ।
  9. धनुः यो राशि भएकाहरुले लेनदेनमा सावधानी अपनाउनु पर्ने हुन्छ । पारिवारिक तनाव रहने छ । घरमा विवादको वातावरण हुन सक्छ ।
  10. मकरः यो राशिमा मांगलिक कार्यमा हिस्सा लिनेछन् । आर्थिक लाभ हुनेछ । रोकिएका काम बन्नेछन् । सामजिक प्रतिष्ठा बढ्ने छ ।
  11. कुम्भः काम काजमा बढी ध्यान पुर्याउनु होला । आर्थिक लेनदेनमा सावधानी अपनाउनु होला । जोखिमपूर्ण कार्यले नोक्सानी दिन सक्छ ।
  12. मीनः यो राशि भएकाको शुक्रको राशि परिवर्तनले लाभकारी हुनेछ । तर जोखिमपूर्ण कार्यबाट बच्नुहोला । नयाँ अवसर र मानिससँग भेटघाट हुन्छ ।
     

गाउँ सहर डेस्क

तपाईँको मत