विश्व

‘मैले ७० दिनमा अनुच्छेद हटाएँ, म न समस्यालाई टाल्छु, न पाल्छु’ : प्रधानमन्त्री मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७३ औँ स्वतन्त्रता दिवसका अवसरमा रातो झण्डा फहराए । ९२ मिनेटको सम्बोधनमा उनले जम्मू-कश्मीरलाई विशेष राज्यको दर्जा अनुच्छेद ३७० तथा राज्यका जनतालाई विशेषाधिकार दिँदै अनुच्छेद ३५ ए लाई हटाएको कुरालाई प्रमुखताका साथ उल्लेख गरे ।

उनले भने, ‘यो निर्णयबाट विरोध गर्नेहरुलाई सोध्न चाहन्छु, यदी यो अनुच्छेद यति महत्वपूर्ण थियो, यसैले भाग्य बदलिने थियो भने ७० वर्षमा (विपक्षी दलको) बहुमत भएर पनि यसलाई किन अस्थायी रुपमा राखे? यसलाई स्थायी किन गरेनन? म न समस्यालाई टाल्छु न पाल्छु । जुन काम ७० वर्षमा भएन, त्यो काम नयाँ सरकार बनेको ७० दिनमा भयो । संसदको दुबै सदनले दुइ तिहाई बहुमतबाट पारित भएको हो ।’

राष्ट्रको नाममा दिएको सम्बोधनमा प्रधानमन्त्री मोदीले जनसँख्या विस्फोट रोक्नको लागि सामाजिक जागरुकताको आवश्यकता भएको समेत बताए ।

मोदीले भने, ‘म पूर्ण समर्पणको साथ तपाईंको सेवामा समर्पित छु । अनुच्छेद ३७० हटाउनु, तीन तलाकको विरुद्ध कानून बनाउनु र आतंकवाद विरुद्धको लडाईं मजबूती जस्ता कदम र किसानलाई पेन्शनको योजना शुरु भएको छ । देशमा जल संरक्षणको आवश्यकता छ । यसको लागि जल शक्ति मन्त्रालय बनाइएको छ । बच्चामाथि अपराध सहन सकिँदैन, यसको कानून कडा पारिएको छ ।’

स्वतन्त्रता दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले राजनीति नाफा वा नोक्सानबाट हुँदैन भन्दै भ्रष्टाचार नियन्त्रण गर्न सहज संस्कार, सहज स्वभाव, सहज अनुभूतिको आवश्यकता पर्ने बताए ।

सम्बोधनमा उनले स्थानीय उत्पादनलाई प्राथमिकता, हर घर जल सुनिश्चित गर्नको लागि ३.५ लाख करोड रुपैयाँको आवश्यकता, रासायनिक उर्वरको कम प्रयोग, सन् २०२२ भन्दा पहिले सपरिवार देशका १५ पर्यटकिय स्थलमा जाने, इज अफ लिभिंग, लक्ष्य हिमालय जस्तै उचो र सपना ताराभन्दा बढी गर्न जनतालाई जोड गरे । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत