विश्व

‘जब नेहरु क्याबिनेटमा शपथ लिइरहेका थिए, गांधीजी कलकत्तामा प्रार्थनाको माध्यमबाट दंगा रोकिरहेका थिए’

नयाँ दिल्ली । संसद भवनमा १४ अगष्ट १९४७ रातको ११ बजे स्वतन्त्रता दिवसको लागि आधिकारिक उत्सव सुरु भएको थियो । पहिले वंदेमातरम् गाइयो । यसपछि जवाहरलाल नेहरुले आफ्नो प्रसिद्ध भाषण ‘ट्रिस्ट विद डेस्टिनी’ दिए । आधा रातमा सुरु भएको यो उत्सव भोलिपल्ट पनि चलिरह्यो । तर यो उत्सवबाट महात्मा गांधी गायव (लुप्त) थिए । जवाहरलाल नेहरु र सरदार वल्लभ भाई पटेलको अनुरोधका बाबजुद उनी स्वतन्त्रता दिवसको उत्सवमा समावेश भएनन् । यो दिन महात्मा गांधी राजधानीबाट करिब १५०० किलोमिटर टाढा कलकत्ताको दंगाग्रस्त इलाकामा हिन्दु-मुसलमानबीच सद्भाव ल्याउन कोशिष गरिरहेका थिए ।

मौलाना अबुल कलाम आजाद भनिरहेका थिए कि विभाजन मेरो लागि जहर समान हो । खान अब्दुल गफ्फार खान चिच्याइरहेका थिए कि विभाजन मेरो चौडा छातीमा कुल्चनु जस्तै हो र महात्मा गांधी स्वतन्त्रताको रोशनीमा नुहाइरहेको दिल्लीबाट टाढा कलकत्तामा लाशबीच सुँक सुँक गरिरहेका थिए । साँचो भन्दा उनी रोइरहेका थिए र झुटको राजतिलक भइरहेको थियो । यता हिन्दुस्तानमा, उता पाकिस्तानमा ।

१४ अगष्टको साँझः दिल्लीमा उत्सवको तयारी, कलकत्तामा गांधीजी को चमत्कारिक प्रार्थना सभा

आधा रातमा पाइएको स्वतन्त्रताले जब देशैभर शंख र घण्टीको गुञ्जन सुनिएको थियो, त्यो बेला महात्मा गांधी कलकत्ताको हैदरी मञ्जीलमा थिए । उनको लागि त्यो रात पनि सामान्य रात नै थियो । १२ अगष्टदेखि उनी त्यो घरको पश्चिम बंगालका अलग अलग हिस्सामा भइरहेको दंगा रोक्नको लागि प्रार्थना सभा गरिरहेका थिए । कलकत्ताका केही भागमा त्यो दिन अवस्था एकदमै खराब थियो । गांधीजी जब १३ अगष्टमा ति इलाकामा पुगे, तब उनको गाडीमा पनि पत्थरको प्रहार भयो । तर दुइदिन भित्र उनले लाशमा गुज्रिरहेको यो भागमा शान्ति ल्याएका थिए । १४ अगष्टको साँझ जब दिल्लीमा उत्सवको तैयारी अन्तिम समयमा थियो, महात्मा गांधी त्यहि घरको आंगनमा प्रार्थना सभा गरिरहेका थिए ।

गांधीजी ले भनेका थिए—आजादी को यस्तो आगमले मलाई आनन्दित गरिरहेको छैन

त्यो दिन हिंसाले टुटेको घरको आंगनमा उनको प्रार्थना सभा एक चमत्कार जस्तै थियो । सभामा उनले भने, “भोलीदेखि हामी अंग्रेजी राजबाट मुक्त हुनेछौँ, तर आधा रातमा भारतका दुइ टुक्रा पनि हुनेछन् । भोलीको दिन आनन्दको हुनेछ, तर उत्तिकै दुखी पनि । यो आजादीले हामीलाई ठूलो जिम्मेदारी दिइरहेको छ । हामीले आफ्नो विवेक र भाईचारा छाड्नु हुँदैन । यदि यो विवेक र भाईचाराको रक्षा कलकत्तामा भए, सम्झनुहोस कि सारा देशमा भयो । कलकत्ताको उदाहरणले सारा देशको मानवता जाग्नेछ । आजादीको यस्तो आगमनले मलाई आनन्दित गरिरहेको छैन । भोली स्वतन्त्रता दिवसमा पनि उपवास राख्नेछु । भारतको कल्याणको लागि प्रार्थना गर्नेछु । तपाईंहरु पनि यसमा साथ दिनुहोस, उपवास राख्नुहोस, प्रार्थना गर्नुहोस र चर्खा काट्नुहोस् ।”

यो प्रार्थना सभाभन्दा ठिक पहिले शहरमा एक जुलूस निक्लीयो, जसमा हिन्दु र मुसलमानले बराबरी भाग लिए । यो जुलूस गांधीजी को निवास स्थान हैदरी मञ्जीलसम्म पुग्यो । एक दिन पहिले सम्म कलकत्ता उम्लिएको थियो, त्यसको माहौल यो जुलूससँग बदलिएको देखियो । २४ घण्टा पहिले जो व्यक्ति एक अर्काको गला काटिरहेको थिए, उनीहरु यो जुलूसमा हात मिलाएर हिँडेका देखिए । यो गांधीजी को पछिल्लो दिनको प्रार्थना सभाको कमाल थियो ।

१५ अगष्टः विहान दुइ पत्र लेखे, दिउसो बंगालमा सत्ता पक्ष र विपक्षका नेतासँग भेटेः साँझ प्रार्थना सभा गरे

गांधीजी को लागि १५ अगष्टको विहान पनि सदाझैँ जस्तै थियो । उनले दुइ पत्र लेखे । एक पत्र उनले लण्डनमा रहेकी मित्र अगाथा हैरीसन र अर्को रमेन्द्र जी सिन्हालाई । अगाथा हैरीसनलाई उनले आफ्नो स्वतन्त्रता दिवस मनाउने तरिका बताउँदै लेखे, ‘यो पत्र म चर्खा काट्दै लेखिरहेको छु । तिमी जान्दछौ कि आज जस्तो ठूलो अवसर मनाउँने मेरो तरिका यो छ कि म भगवानलाई धन्यवाद दिन्छु र प्रार्थना गर्छु । प्रार्थनासँगै उपवास राख्नु पनि जरुरी छ र गरिबको यो संघर्षसँग जोडिन र समर्पण गर्नको लागि चर्खा काट्नु जरुरी छ । यसकारण जति चर्खा म दैनिक काट्छु, त्योसँग कहिल्यै सन्तुष्ट हुन सकिँदैन र अर्काको कामको लागि जति सकिन्छ त्यति सहयोग गर्नु पर्दछ ।’

गांधीजी ले त्यो पत्रमा अगाथालाई आफ्नो व्यस्तता बताए । उनले लेखे, तिमीले विंटर्टनको भाषणमा मलाई जिक्र गरियो, तर मैले त्यसलाई पढ्न पाइन । इंडिपेंडेस बिलमा भएको बहसको समयमा भएको भाषण पनि मैलै पढ्न सकिन । मलाई अखबार पढ्ने समय नै मिलेन । गांधीजी ले अगाडि यो लेखेका छन कि तिमी र म बीच राम्रो हुन सकोस, आफ्नो काम गरिरहनु पर्छ र खुसी रहनु पर्दछ । अब म चर्खा बन्द गर्नेछु । मलाई अरु काम गर्नु छ ।’

अहिंसाले भरिएको वीरता कयौँ तरिकाबाट देखिन्छ

यसपछि गांधीजी ले सिन्हाको पत्रका जवाफ दिए । रामेन्द्र जी सिन्हाले गांधीजी लाई बताएका थिए कि कसरी दंगालाई रोक्ने कोशिष गर्दा उनको पिताको ज्यान गयो । यसको जावफमा गांधीजी ले लेखे, ‘तपाईंको पितामा वीर बली अहिंसा थियो । अहिंसाले भरिएको वीरता कहिल्यै मर्दैन । यस्ता वीर पिताको मृत्युको लागि तपाईंको आमा या कसैलाई शोक गर्नु ठिक हुँदैन । आफ्नो यो मृत्युले उनले समृद्ध विरासत छाडेका छन् । म यो सल्लाह दिन सक्छु कि आज हामी जो स्वतन्त्रता प्राप्त गरेका छौँ, यसलाई सदैव राख्नको लागि कोशिष गर्नु पर्दछ ।

पश्चिम बंगालका मित्रलाई सत्तासँग सावधान रहन चेतावनी

१५ अगष्टको विहान पश्चिम बैगालका मित्रको गांधीजी सँग कुरा भयो । उनले मन्त्रीलाई स्वतन्त्रताको शुभकामना त दिए, साथै एक चेतवनी पनि दिए । गांधीजी ले मन्त्रीलाई भने, ‘आजदेखि तपाईंले किलाको ताज पहिरनु भएको छ । सत्य र अहिंसालाई निरन्तरता दिन हर तरहको कोशिष गर्नुछ । विनम्र रहनुहोस, धैर्यवान बन्नुहोस् । अंग्रेजको शासनले तपाईंको धेरै परीक्षा लिएको छ, पछाडि पनि यो परीक्षा पटक पटक भइरहोस् । सत्ताबाट सावधान रहनुहोस, यसले भ्रष्ट बनाउन सक्छ । यसको चमक दमकमा आफैँलाई फँस्न नदिनु । तपाईंलाई याद राख्नु छ कि तपाई भारतको गाउँमा गरिबको सेवा गरेर यो सत्ता मिलेको हो । इश्वर तपाईंको सहायता गर्नुहोस् ।’

  • राजगोपालचारीले दंगा रोकेकोमा वधाई दिए, गांधीजी ले भने—अहिले मलाई शान्ति भएको छैन
  • कम्युनिष्ट पार्टीका सदस्यसँग मतभेद भुलेर काम गर्न गांधीजी ले भने
  • छात्राको बैठकमा गांधीजी ले भने—ध्यान राख्नुहोस कि तपाईंको हातले कुनै गलत काम नहोस

प्रार्थना सभामा ३०,००० भिडलाई संबोधित गरे, स्वतन्त्रतालाई संयम तरिकाबाट प्रयोग गर्न सल्लाह दिए 
सँधै जस्तो १५ अगष्टको साँझ फेरी हैदरी मञ्जीलमा प्रार्थना सभा भयो । करिब ३०,००० मानिसहरु प्रार्थना सभामा थिए । यो प्रार्थना सभामा गांधीजी ले शहरमा पछिल्लो २ दिनबाट छाएको शान्तिको लागि धन्यवाद दिए । उनले भने, ‘जुन एकता र मानवता तपाईंहरुले देखाउनुभएको छ, त्यसले पंजावका मानिसमा पनि प्रेरणा मिल्ने छ ।’ गांधीजी ले आशा देखाए कि हावडा सहित पूरा कलकत्ता सांप्रदायिकताबाट मुक्त हुनेछ । उनले मानिसको स्वतन्त्रताको बुद्धिमानी र संयमताका साथ उपभोग गर्न सल्लाह दिए । यो सल्लाह गांधीजी ले त्यो घटनाको सन्दर्भमा दिए, जसमा मानिसको आजादीको खबर सुनेर गवर्नर हाउसमा कब्जा गरेका थिए । गांधीजी ले भने कि यो आजादीसँग जनताले यो सोचिरहेका छन कि सरकारी या कुनै दोस्रो सम्पतिमा उनीहरुले जे चाहे पनि गर्न सक्छन, यदी यसाे हाे भने उनलाई दुखी हुनेछ ।

कलेक्टेड वर्क्स अफ महात्मा गांधी, ‘फ्रीडम एट मिडनाइट’ र भास्कर डटकमको सहयोगमा गाउँ सहर डट कमले बनाएको सामाग्री ।

गाउँ सहर डेस्क

तपाईँको मत