जीवनशैली

दाजु-भाईको राशि अनुसार राखी बाँध्नुहोस र मिठाई ख्वाउनुहोस, लाभैलाभ

काठमाडौँ । यस पटकको रक्षाबन्धन पर्व बिहिबार परेको छ । यो पर्व दाजु-भाई, दिदी-बहिनीको पवित्र सम्बन्ध तथा गहिरो मायाको पर्व हो रक्षाबन्धन । दाजु-भाई आफ्नो दायित्व निभाउने बचन दिदी-बहिनीलाई दिन्छन् । अनि दिदी-बहिनीले पनि दाजु-भाईलाई राखी बानेर आशिर्वाद दिन्छन्/लिन्छन् । साथै उनीहरुको लामो आयुको कामना पनि गर्दछन् ।

दिदी-बहिनीले राखी बाँधेपछि कुन मिठाई ख्वाउने हो र कुन रंगको राखी हुन पर्दछ जसबाट दाजु-भाईलाई विशेष फल मिल्दछ, त्यो विचार गर्नु पर्दछ । पण्डितहरुले दाजु-भाईको राशि अनुसार राखी बाँधेर मिठाई ख्वाउँदा विशेष लाभ हुने जिकीर गर्दछन् ।

दाजु-भाईको राशि अनुसार बाँध्नुहोस राखी

  1. मेषः यो राशिका दाजु-भाईलाई रातो डोरी भएको राखी र मालपुवा ख्वाउनुहोस् ।
  2. वृषः दूधको बर्फी ख्वाउनुहोस र सेतो रेशमी डोरी बाँध्नुहोस् ।
  3. मिथुनः हरियो रंगको राखी र बेसनको मिठाई ख्वाउनुहोस् ।
  4. कर्कटः रबडी ख्वाएर पहेँलो रंगको राखी प्रयोग गर्नुहोस् ।
  5. सिंहः कुनैपनि रसदार मिठाई ख्वाएर बहुरंगी राखी लगाउनु होस् ।
  6. कन्याः हरियो रंगको मिठाई ख्वाएर गणेश जी को प्रतिमा रंगको राखी बाँध्नुहोस् ।
  7. तुलाः हल्का पहेँलो रंगको डोरी र कुनैपनि मिठाई ख्वाउनुहोस् ।
  8. वृश्चिकः गुलाबी रंगको राखी र गुडले बनेको कुनै मिठाई ख्वाउनुहोस् ।
  9. धनुः रसगुल्ला ख्वाएर सप्तरंगी राखी बाँध्नुहोस् ।
  10. मकरः कुनैपनि मिठाइ ख्वाएर सप्तरंगी राखी बाँध्नुहाेस् ।
  11. कुम्भः कालाजामुन ख्वाएर निलो रंगको राखी बाँध्नुहोस् ।
  12. मीनः पहेँलो एवं हल्का निलो रंग मिश्रित राखी र मिल्क केक ख्वाउनुहोस् ।
     

गाउँ सहर डेस्क

तपाईँको मत