प्रेरणा

जबसम्म मनमा शान्ति र आत्मविश्वास हुँदैन तबसम्म हामी सुखी हुन सक्दैनौँ

काठमाडौँ । जीवनमा सुख-दुःख आउने र जानै दुबै हुन्छ । कहिले कहिले हाम्रो बानीको कारणले हामीले दुःखको सामना गर्नु पर्दछ । यदी हामी सुखी रहन चाहन्छौँ भने सबैभन्दा पहिले आफ्नो सोच सकारात्मक बनाउनु आवश्यक छ । सुख र दुःखसँग जोडिएका अनेक कथा, प्रसंगहरु प्रतलित छन, जसमा बताइएको छ कि हामी सुखी कसरी बन्न सक्छौँ ! मनन गर्नुहोस यो कथा....

कथा अनुसार प्राचिन समयमा दुई सन्त सँगै रहन्थे । दुबै एकै आश्रममा बस्दथे । एकको नाम सुखी र अर्काको दुखी थियो । सन्त सुखी हरेक अवस्थामा सुखी हुन्थे, जबकि दोस्रा सन्त जहिल्यै दुखी रहन्थे । यही कारण नै उनीहरुको नाम सुखी र दुखी राखिएको थियो ।

गाउँका मानिसहरु आफ्ना समस्या लिएर यी सन्तको आश्रममा आउँथे । दुबै सन्तले आ-आफ्नो तरिकाले समस्याग्रस्त मानिसलाई समाधान बताउँथे । दुखी सन्तको समाधान पनि धेरै राम्रो हुन्थ्यो, जसले मानिसको चिन्ता दूर हुन्थ्यो । दुबै सन्तको जीवनशैली पनि समान थियो । तर विचार एकदमै अलग थियो ।

दुखी सन्तले आफ्नो दुःखको कारण थाहा पाइरहेका थिएनन् । एकदिन उ आफ्नो गुरुजीकोमा गए र भने,  ‘मसँग मानिसले मेरो अनुहारको हाउभाउलाई देखेर मेरो नाम दुखी राखे । म पनि सन्त सुखी जस्तै दैनिक पाठपूजा गर्दछु, हरेक काम इमान्दारीले गर्छु, तरपनि मेरो जीवनमा दुःख नै दुःख किन छ ?’ प्रश्न गरे ।

गुरुले दुखी सन्तसँग भने— तिमी दुबै एउटै काम गर्दछौ तर दुबैको सुख दुःखमा निस्कने भाव अलग-अलग छ । सुखी सन्तको मन सधैँ शान्त रहन्छ, उ सन्तोषी छ । उसलाई आफैँमा भरोषा छ कि उ ठूला समस्यालाई पनि सजिलोगरी भगाउन सक्छ । यसकारण उ जहिल्यै सुखी रहन्छ । जबकी तिमी हरेक समय अशान्त हुन्छौँ, परिणामलाई लिएर कहिल्यैपनि सन्तुष्ट हुँदैनौँ । तिमीलाई आफैँमा भरोषा छैन, यो कारण तिमी दुखी भएका हौ ।

कथाले स्पष्ट पारेको छ कि जीवनको व्यवस्थापन भनेको मनको शान्ति र आत्मविश्वास हो । व्यक्तिका ठूला ठूला समस्याबाट बाहिर निकाल्न यी दुइ कुरा हुनु पर्दछ । यसकारण आफैँमा भरोषा गर्नु, मन शान्त राख्नु नै सुख र सफलता प्राप्त गर्नु हो ।
 

गाउँ सहर डेस्क

तपाईँको मत