अर्थतन्त्र

धनीका कुराः संसारका उच्च २५ घराना, भारतका अम्बानी परिवार नवाैँ

काठमाडौँ । संसारमा आर्थिक असमानता बढीरहेको छ । यसको पुष्टि संसारको सबैभन्दा धनी परिवारको वार्षिक सूचीबाट पनि स्पष्ट हुन्छ ।

ब्लूमबर्गद्वारा जारी यो सूची अनुसार विश्वका २५ सबैभन्दा धनी परिवारसँग १.४ लाख करोड डलरको सम्पति छ । रिटेल चेन वालमार्ट सञ्चालन गर्ने वाल्टन परिवार पहिलो स्थानमा छन् । भारतका मुकेश अम्बानी परिवार यो सूचीको नवौँ स्थानमा छन् । अम्बानी परिवारसँग अहिले ३.५ लाख करोड भारतीय रुपैयाँको सम्पति छ ।

रिपोर्टका अनुसार वाल्टन परिवारले ७०,००० प्रति मिनेट, ४ मिलियन प्रति घण्टा, १०० मिलियन डलर प्रतिदिन आय गर्दछन् । वाल्टन परिवारसँग कुल सम्पति १९,१०० करोड डलर छ । यसरी चाँडो पैसा कमाउनेमा वाल्टन परिवारमात्रै छैन । यस्ता कयौँ अर्बपति परिवार जो लगभग यही गतिमा पैसा कमाइरहेका छन् ।

अर्का अमेरिकन मार्स परिवार यो धनी सूचीको दोस्रो नम्बरमा छन् । यो परिवारको कुल सम्पति १२,७०० करोड डलर छ । अघिल्लो वर्ष मात्र उनले ३७०० करोड डलरको सम्पति जोडेका थिए ।

अमेरिकाकै कोश परिवारले वर्षमा २६०० करोड डलरको सम्पति जोडेका छन् । उनको १२,५०० करोड डलर सम्पति छ । यो परिवार तेस्रो नम्बरमा छ ।

भारतका एकमात्र परिवार अम्बानी परिवार सूचीमा छन् । यो परिवारको वर्षमा ७०० करोड डलर बढेको छ । रिपोर्टमा भनिएको छ कि अमेरिकाका सबैभन्दा धनी ०.१ प्रतिशत मानिस आजको दिनसम्म देशको सम्पतिको जति हिस्सा आफूसँग राख्दछन त्यो १९२९ पछि सबैभन्दा बढी हो । संसारका अन्य भागमा यही प्रवृत्ति बढिरहेको छ ।

टप २५ परिवारको सम्पति पछिल्लो एक वर्षमा २४ प्रतिशतले बढेको छ । यसैको कारण कयौँ आलोचक यो मान्छन कि पूँजीवादी व्यवस्थामा सुधार गरिनु सबैभन्दा अपरिहार्य छ भनेर । 
 

गाउँ सहर डेस्क

तपाईँको मत