प्रेरणा

सुख : पति-पत्नीको लागि जरुरी छ प्रेम, त्याग, समर्पण, सन्तुष्टि र सँस्कार

जो व्यक्तिको जीवनमा प्रेम, त्याग, समर्पण, सन्तुष्टि र सँस्कार यी पाँच कुरा हुन्छन, उनको वैवाहिक जीवनमा सुख र शन्ति जहिल्यै भइरहन्छ । यी पाँच कुराबिना वैवाहिक जीवन सफल हुन सक्दैन । परिवारलाई श्रेष्ठ बनाउनको लागि पाति-पत्नीबीच यी पाँच कुरा अपनाउनु जरुरी हुन्छ । सुखी र वैवाहिक जीवनको सबै सूत्र राजा हरिशचन्द्र को जीवनबाट बुझ्न सकिन्छ ।

सत्ययुगका राजा हरिशचन्द्रको कथा धेरै प्रचलित छ । हरिशचन्द्र जहिलै साँचो बोल्दथे र यसैको कारण उनी प्रशिद्ध पनि थिए । यो सत्यव्रतमा उनकी पत्नी तारामति पनि पूर्ण सहयोग गर्दथिन् । उनले यस्तो परिस्थिति उत्पन्न हुन दिँदिनथनि जसले राजाको सत्यव्रत टूटोस् ।

राजा हरिशचन्द्रको वैवाहिक जीवनमा यी पाँच तत्वले काम गरिरहेका थिए । पहिलो तत्व प्रेम, हरिशचन्द्र र तारामतिको दाम्पत्य जीवनको पहिलो आधार प्रेम थियो । हरिशचन्द्र, तारामतिसँग यति माया गर्दथे कि उनले आफ्नो समकालीन राजाजस्तो कहिल्यै दोस्रो विवाह गरेनन् । एक पत्नीव्रतको पालना गरे । तारामतिको लागि पति नै सबैकुरा थिए । पतिले नै भनेपछि उनले सारा सुख र राजमहल छोडेकी थिइन्  एक दासीको रुपमा रहन लागिन् । उनीहरुबीच समर्पण र त्यागको भावना थियो । दुबैले एक अर्कालाई कुनै शिकायत गरेनन् ।

जीवनमा जे मिल्यो त्यसलाई भाग्य सम्झेर स्वीकार गरे । जीवनलाई सन्तुष्टि बनाए । दुबैले यही सँस्कार आफ्नो पुत्रलाई पनि दिए । प्रेम, समर्पण, त्याग, सन्तुष्टि र सँस्कार यी पाँच कुरा उनीहरुको जीवनमा थियो । यही कारण राज-पाठ हराएपछि पनि उनले आफ्नो धर्म निभाइरहे ।

राजा हरिशचन्द्रले आफ्नो व्यवहार र सत्य व्रतबाट पुनः आफ्नो राज-पाठ प्राप्त गरेका थिए ।
 

गाउँ सहर डेस्क

तपाईँको मत