प्रेरणा

अधुरो ज्ञान सबैभन्दा घातक

कुनैपनि सफलता प्राप्त गर्न त्याे विषयमा पूर्ण ज्ञान हुनै पर्दछ, तबमात्र काममा सफलता प्राप्त हुन्छ । यदी अधूरो ज्ञानसँग काम गरियो भने हाम्रो लागि नोक्सानदायक हुन सक्छ । 

महाभारतको एक प्रसंग यहाँ जोड्न चाहन्छौँ ।

महाभारत युद्ध पछिको कुरा हो । दुर्योधनले मृत्यु अघि अश्वत्थामालाई कौरव सेनाको अन्तिम सेनापति नियुक्त गरे । उसले पाण्डवका पाँच पुत्र, धृष्टधुम्र, शिखंडी सहित कयौँ योद्धालाई एक्लै मारे । त्यसपछि पनि उसको रिस शान्त भएन । अर्जुन पनि उसलाई बध गर्ने भनेर घूमिरहेका थिए ।

दुबैबीच भयंकर युद्ध भयो ।

दुबैका गुरु द्रोणाचार्य थिए । सबै शास्त्रको संधानमा दुबै नै कुशल थिए । युद्ध भयानक भइरहेको थियो । अश्वत्थामाले अर्जुनमाथि ब्रह्मास्त्र चलाए । जवाफमा अर्जुनले पनि अश्वत्थामामाथि ब्रम्हस्त्र छाडे । दुबै अस्त्रबाट पूरै धरती र मानव जातिको विनाश हुन्थ्यो ।

यो देखेर वेद व्यास बीचमा आए र उनले दुबै ब्रम्हास्त्रलाई रोकिदिए । अर्जुन र अश्वत्थामा दुबैलाई उनले धेरै सम्झाए । दुबैलाई आफ्नो आफ्नो अस्त्र फिर्ता लिन भने, अर्जुनले व्यासजी को कुरा मानेर तुरुन्तै आफ्ना ब्रम्हास्त्र फिर्ता लिए तर अश्वत्थामाले लिएनन् ।

वेद व्यासले जब उनीसँग सोधे कि तिमीले आफ्नो अस्त्र फिर्ता किन लिएनौँ? जवाफमा अश्वत्थामाले भने, ‘मलाई ब्रम्हास्त्र फिर्ता बोलाउने विद्याको ज्ञान छैन ।’

वेद व्यास धेरै रिसाए र भने— तिमीलाई जुन विद्याको पूरा ज्ञान छैन त्यसको उपयोग किन गर्यौ? यो पुरै सृष्टिको लागि खतरा हो । यस्तो भनेर उनले स्राप पनि दिए ।

यो प्रसंगले यो कुरा स्पष्ट पार्छ कि विद्या कुनैपनि किन नहोस, हामीलाई त्यसको सम्पूर्ण ज्ञान हुनै पर्दछ । यदी हामी विद्या हासिल गर्नमा थोरैपनि चुक्यौँ भने त्यो जत्तिको घातक र खतरा केही हुँदैन ।
 

गाउँ सहर डेस्क

तपाईँको मत