जीवनशैली

यो नोक्सानीबाट बच्नको लागि प्राचीन नियमानुसार गर्नुपर्छ सेक्स

प्राचीन समय अर्थात पहिलेको जमानामा सेक्सप्रति मानिसको विचार आजभन्दा खुला थियो । सेक्सलाई लिएर हिच्कीचाहट र लज्जावोध पछिल्लो समयकै देन हो । तर सेक्लाई लिएर जहिल्यै यस्तो भने थिएन । प्राचीन भारतमा यौन सम्बन्धको खुलेर चर्चा हुन्थ्यो ।

मानिसहरु यो विषयमा कुरा अफ्ट्यारो मान्दैनथे । यही कारण सेक्सको पहिलो ग्रन्थ ‘कामसूत्र’ भारतमा दोस्रो शताब्दिमा लेखिएको थियो । तर सेक्सप्रतिको अनुशासन पनि कडा हुन्थ्यो । 

प्राचीन नियमानुसार सेक्स (सहवास) दीर्घायु, शारीरिक र मानसिक स्वास्थ्य सुख प्राप्त गर्नुको साथसाथै साहचर्य सुख र वंशवृद्धि प्राप्त गर्ने कला हो । यदी व्यक्ति केही नियममा बाँधिएर सेक्स गर्दछन् भने उ कुनै विमारी र आपतबाट बच्न सक्छ । 

आजकल हरेक दोस्रो व्यक्ति समस्यामा छन किनकी उसको सेक्स जीवन सही ढंगबाट चलेको छैन । प्राचीन सेक्स नियमानुसार पति र पत्नीबीचको सम्बन्ध मजबूद राख्ने आधार सेक्स नै हो । तर मायाको एहसास हुनुपर्दछ । कामवासना मात्र होइन ।

कुन समयमा गर्ने सेक्सः प्राचीन समयमा यस्तो थियो नियम

  1. यदी महिलाको महिनावारी सुरु हुनुभन्दा ४ दिन पहिले कोही पुरुष सेक्स गर्दछ भने कुनै न कुनै रोगको शिकार हुन सक्छ । प्राचीन नियमानुसार महिनावारीमा सेक्स गर्नु हुँदैन । पाँचौ, छैटौँ, बाह्रौँ, चौधौँ र सोह्रौँ दिनमा सेक्स गर्नु उत्तम मानिएको छ ।
  2. ब्रम्हा वैवर्त पुराणनुसार दिनको समय र विहान—साँझ पूजाको समय कुनै स्त्री र पुरुषको मिलन हुनु हुँदैन । यो कुरालाई पनि ध्यानमा राख्नु पर्दछ कि ग्रहण, सूर्योदय, सूर्यास्त, निधन, श्रावस मास, नक्षत्र, दिवाकाल, भद्रा, श्राद्ध, अमावस्यामा पनि सेक्स गर्नु हुँदैन । यो समयलाई पुण्यको विनाश गर्ने कर्म मानिएको छ ।
  3. प्राचीन समयमा कुनै पनि पुरुष र महिलालाई आफ्नो पति वा पत्नीको अलावा अन्यसँग सेक्स गर्न पुरै मनाही थियो । यसलाई अनैतिक कार्य सम्झिइन्थ्यो । यो नियमको उल्लंघन गर्ने जीवनभर पछुताउँछ ।
  4. गर्भवती महिलाको गर्भकाल अर्थात प्रेग्नेंसीमा सेक्स गर्नु हुँदैन । यदी गरेमा सन्तान अपांग पैदा हुने खतरा हुन्छ ।
  5. पवित्र वृक्ष, शमशान घाट, पवित्र स्थल, गुरुकुल, अस्पताल जस्ता स्थानमा सेक्स गर्न मनाहि छ । यदी गरेमा जीवनभर भयंकर रोगको सामना गर्नुपर्ने हुन्छ ।
  6. यदी तपाईंको साथीलाई सेक्सको इच्छा छैन वा उ उदास छ भने उसँग सम्बन्ध स्थापित गर्नु हुँदैन । यसो गरेमा अपराध समान हुन्छ ।
  7. सेक्सको समय स्त्री वा पुरुष दुबैको निजी अंग पूर्णतया सफा हुनु पर्दछ । यसकारण पुरानो समयमा सहवास गर्नुभन्दा अगाडि स्नान गर्नु आवश्यक सम्झिइन्थ्यो ।
  8. पूर्णतया नग्न अवस्थामा सेक्स गर्नु हुँदैन भनिन्थ्यो प्राचीन समयमा । महिला वा पुरुष दुबै आफ्नो शरीरलाई कुनै कपडाले ओडिनु पर्दछ । हुनसक्छ तपाईं सेक्स गरिरहेको बेला कोही आइहाले, आपत आए मृत्यु पनि हुन सक्छ । तसर्थ, शरीर पूर्ण नग्न राख्नु हुँदैन ।
  9. कामसूत्रको रचयिता आचार्य वात्सयायनका अुनसार स्त्री वा पुरुष दुबैलाई कामशास्त्रको पूरा ज्ञान हुनु आवश्यक छ । ताकि उनीहरु सेक्स जीवनलाई रोमाञ्चक बनाउन सकून् । दम्पतीको सेक्स लाइफ राम्रो भएको खण्डमा मात्र घरमा सुख र शान्तिको आगमन हुन्छ । 
  10. प्राचीन नियमानुसार रातको पहिलो प्रहरमा सेक्स गर्नु उत्तम हुन्छ । आधा रातमा गरिएको सेक्स चण्डालको काम बुझिन्छ । यो समयमा सेक्स र गर्भ रहेमा सन्तान राक्षसी प्रवृत्तिको हुन सक्दछ । एजेन्सीको सहयोगमा
     

गाउँ सहर डेस्क

तपाईँको मत