प्रेरणा

स-साना सफलतामा रोकिनु पर्दछ, नत्र लक्ष्य टाढा हुनेछ

काठमाडौँ । सफलता एकैमुष्ट मिल्दैन । यो एकदमै कठोर यात्रा हो । प्रायः यस्तो हुन्छ कि हामी सुरुवातमै जीतको उत्सबमा डुब्ने गर्दछौँ, गन्तब्यसँग त पुग्नै सक्दैनौँ । स-साना प्रगतिमा खुसी हुनु पर्छ नै तर उत्साहमा मूख्य लक्ष्यलाई भूल्नु हुँदैन । प्रायः मानिसहरु यहिँ चुक्ने गर्दछन् ।

हामी आफ्नो लक्ष्य तय गरेको समय नै यो पनि तय गर्नु पर्दछ कि हाम्रो मूल उद्धेश्य के हो र यसमा कति ठक्कर आउँछन् । यदी हामी कुनै सानो मात्र सफलता या असफलतामा अल्झियौँ भने मूख्य लक्ष्यसम्म पुग्न कठिन हुन्छ ।

महाभारत युद्धमा हेरौँ । कौरव र पाण्डव दुबै सेनाको व्यवहारमा अन्तर देख्नुहोस् । कौरवका नायक अर्थात दुर्योधन, दुःशासन, कर्ण जस्ता योद्धा र पाण्डव सेनाभन्दा डेढ गुणा बढी सेना भएर पनि हारे । धर्म-अधर्म त एक कारण मात्र थियो । ठूलो कारण त दुइको लक्ष्य अन्तर नै थियो । कौरव केवल पाण्डवलाई नोक्सानी पुर्याउन चाहन्थे ।

जब पाण्डव सेनाका कुनै योद्धा मारिन्थ्यो, कौरव उत्सवको माहौल बनाउँथे, जसमा कयौँ गल्ति उनीहरुबाट हुन्थे । अभिमन्युलाई मारेर कौरवले उत्सव मनाउन सुरु गरे ।

त्यहिँ पाण्डवले कौरव सेनाका ठूला योद्धालाई मारेर पनि उत्सव मनाएनन् । एक खुड्किलो मात्र माने । भीष्म, द्रौण, कर्ण, शाल्व, दुःशासन र शकुनी जस्ता योद्धालाई मार्दा पनि पाण्डवले कुनै उत्सव मनाएनन् ।

उनीहरुको लक्ष्य युद्ध जित्नु थियो । उनीहरुले सोही कुरामा आफ्नो ध्यान टिकाएर राखे । कहिलेपनि क्षणिक सफलताको बहावमा परेनन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत