प्रेरणा

औँलामा बाँधेको कपडाको ऋण द्रौपदीको साडी लामो पारेर लाज बचाएसँगै कृष्णले तिरे

सच्चा मित्र उही हो जो गलत काम गर्नबाट रोक्छ

काठमाडौँ । आज मित्रता दिवस । हरेक वर्ष अगष्ट महिनाको पहिलो आइतबार यो दिवस मनाउने गरिन्छ । मित्रताको सम्बन्ध यस्तो हुन्छ जुन व्यक्ति आफैँले चुन्ने गर्दछ । हामीलाई कोहीसँग साथी चुन्ने वा नचुन्ने आफैँमा निर्भर गर्दछ । ग्रन्थमा कयौँ पौराणिक पात्रहरुको मित्रताका बारेमा चर्चा गरिएको छ ।
दुर्योधन र कर्ण

महाभारतमा दुर्योधन र कर्णको मित्रता खास थियो । दुर्योधनले कर्णलाई आफ्नो प्रिय मित्र माने र उचित सम्मान दिलाए । साथी भएर पनि कर्णले दुर्योधनलाई कहिले कहिले अधर्म गर्नबाट रोक्न सकेनन । महाभारतमा दुर्योधनको गल्तीका कारण उसको कुल नै नष्ट भयो । कर्ण धर्म—अधर्म जान्दथे, तर उनले दुर्योधनलाई रोक्न सकेनन् ।

कृष्ण र सुदामा
मित्रताको प्रशंगमा कृष्ण र सुदामा अर्को महत्वपूर्ण नाम हो । बालापनदेखि पछिसम्म यी दुइको मित्रता र साथको चर्चा जताततै चर्चित छ । यी दुइको मित्रताबाट साथी गरिब होस वा धनी त्यसको कुनै महत्व हुँदैन । मित्रता सबैमा समान हुन्छ र सबैले यो कुरा ध्यानमा राख्नु पर्दछ ।

श्रीराम र सुग्रीव
रामायणमा हनुमानजीले श्रीराम र सुग्रीवको मित्रता सुनाएका थिए । श्री रामले सुग्रीवलाई वचन दिएका थिए कि बालीसँग उसको राज्य र पत्नी फिर्ता दिलाउने छन् । सुग्रीवले सीताको खोजीमा सहयोगको वचन दिएका थिए । बालीलाई मारेर श्रीरामले आफ्नो वचन पूरा गरेका थिए । सुग्रीवलाई राजा बनाए । राजा बनेपछि सुग्रीवले आफ्नो वचन भूले, तब लक्ष्मण अत्यन्तै रिसाए । यसपछि सुग्रीवले गल्ति महशुष गरे र सीताको खोजमा निस्किए । 

श्रीकृष्ण र द्रौपदी
म्हाभारतमा श्रीकृष्ण र द्रौपदीको मित्रताको विशेष महत्व छ । दुबै सहपाठी । द्रौपदीको पिता महाराज द्रुपद चाहन्थे कि उनको पुत्रीको विवाह श्रीकृष्णसँग होस । तर श्रीकृष्णले द्रौपदीको विवाह अर्जनसँग गराए । श्रीकृष्णले हरेक मुश्किलमा द्रौपदीलाई मद्यत गरे । जब श्रीकृष्णले आफ्नो सुदर्शन चक्रले शिशुपालको वत्र गरे, सो चक्रको कारण उनको औँलामा चोट लाग्यो र रगत बग्न थाल्यो । तब द्रौपदीले आफ्नो वस्त्रबाट कपडा च्यातेर श्रीकृष्णको औँलामा बाँधिन । त्यसपछि सभामा द्रौपदीको चीरहरण भयो, श्रीकृष्णले औँलामा बाँधेको कपडाको ऋण द्रौपदीको साडी लामो पारेर लाज बचाएसँग तिरे । यसपछि पनि श्रीकृष्णले कयौँपटक द्रौपदीको समस्याबाट पार गराएका छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत