जीवनशैली

फ्रेन्डशिप डेः समूह राम्रो नपरे रोगको खतरा, जान्नुहोस कसरी साथीले जीवन बचाउँछ

काठमाडौँ । आज अगष्ट ४ अर्थात श्रावणको १९ गते आइतबार । अगष्टको पहिलो आइतबार फ्रेन्डशिप डे मनाइन्छ । साथी एक्लै यस्तो सम्बन्ध हो जुन स्वार्थभन्दा धेरै टाढा हुन्छ । एक साथी र अर्को साथीबीच ज्यानको परवाह नगर्ने साथीको लागि आजको दिन विशेष दिन हो ।

तर धाेकाखडी गर्नेकाे लागि आजकाे दिनले कुनै विशेष अर्थ राख्दैन ।

मित्रताबाट खुसी प्राप्त हुन्छ । यो कहावत सबैले सुनेका छौँ तर हामी यो जान्दैनौँ कि साथीले कुनै गम्भीर रोगबाट बचाउँछ । यो कुरा वैज्ञानिक रुपमा पनि सावित भइसकेको छ ।यसकारण लामो जीवनको लागि साथी अवश्य बनाउनुहोस् । एक वा दुइमात्र होइन धेरै बनाउनु होस् जसको सामाजिक नेटवर्क बढी होस् ।

साथी धेरै बनाएमा एक्लै रहने व्यक्तिको तुलनामा बढी बाँच्ने र एक्सरसाइज गर्नेको तुलनामा आयु लामो हुन्छ ।

अचम्म लाग्ने कुरा यो छ कि अघिल्लो वर्ष भएको एक शोधमा यो कुरा प्रमाणित भएको छ । नतिजाले भन्छ- राम्रा साथी संजालले उत्कृष्ट स्वास्थ्यको ग्यारेन्टी गर्दछ । यो अनुसन्धानमा फ्रेन्ड सर्कल राम्रो या ठूलो हुँदा उमेरको साथै स्मरणशक्तिको कमी हुने आशंका कम हुने निष्कर्श छ । व्यक्तिको हार्मोन सन्तुलित रहने र रक्तचाप पनि सामान्य हुन्छ । यसले मुटु र दिमाग दुबै स्वस्थ बनाउँछ ।

धेरै साथी बनाउनुहोस ताकि मनको कुरा सबैलाई सेयर गर्न सक्नुहोस् । जोसँग विचार मिल्दछ, उनीसँग आवश्यकता पर्दा सहयोग लिनुहोस्, नहिचकिचाउनुहोस् । मद्यत माग्ने र गर्नाले सम्बन्ध थप मजबुद हुन्छ । दुःख-सुखमा साथ रहनुहोस् । सहयोगी बन्नुहोस् ।

साथीसँग रहँदा सेन्स अफ सेक्युरिटी हुने गर्दछ । साथीसँग पटक-पटक भेट्दा मनको कुरा साझा गर्नुहोस् । साथीसँग बहस गर्दा राहत महशुष हुन्छ । यसबाट मेन्टल ग्रोथ र भावनात्मक एकता हुन्छ । पटक-पटक भेट्दा एंग्जाइटी र डिप्रेशन कम हुने गर्दछ ।

तनावबाट लाग्न सक्ने डायबिटीज, थाइराइड र मुटुको विरामी हुने संभावना कम हुन्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत