प्रेरणा

धनको लोभमा कसैलाई कष्ट नदिनुहोस्, मृत्युपछि यहीँ रहन्छ

काठमाडौँ । धनको लोभमा केही व्यक्ति अर्कालाई कष्ट दिन कुनै संकोच मान्दैनन । थाहा छ गलत तरिकाबाट कमाएको धनले जीवनमा खुसी ल्याउन सक्दैन । कोही व्यक्ति मृत्युपछि केहीपनि लैजान सक्दैन । यसकारण गलत कामबाट बच्नु जरुरी छ ।

याे सन्दर्भमा सुध्रने र सुधार्नकाे लागि गुरुनानक जीको यही प्रेरणा हाम्रो आधार बन्न सक्छ ।

कथा अनुसार गुरुनानकको समयमा एक राज आफ्नो प्रजालाई धेरै कष्ट दिने गर्दथे । प्रजाको धन लूटेर सम्पति बढाउँथे । यो देखेर प्रजा एकदमै दुखी थिए । राजासँग उनीहरु डराउँथे । यो कारण पनि राजाको राम्रो होस भन्ने प्रजाहरुमा पनि थिएन । मानिसहरु यो सोच्थे कि राजा मरे भने हाम्रो समस्या समाप्त हुनेछ । कोहीपनि राजालाई माया गर्दैनथे । एकपटक गुरुनानक उनको राज्यमा पुगे । जब यो कुरा राजालाई थाहा भयो गुरुदेवसँग भेट्न पुगे ।

गुरुनानक राजाको बारेमा सबै जान्दथे । यसकारण जब राजा उनको नजिक आए उनले भने - राजन् मलाई एक उपकार गर, मेरो यो पत्थर धरौटी राख । यो मलाई धेरै प्रिय लाग्छ । यसको ध्यान राख ।

राजाले भने - ठीक छ म यसलाई राख्छु, तर तपाईं यो कहिले लानुहुन्छ? ।

गुरुनानकले भने, ‘जब हाम्रो मृत्यु हुन्छ र हामी मिल्नेछौँ तब यो पत्थर मलाई फिर्ता गर्नु ।’

राजाले भने, ‘के यो संभव छ? मृत्युपछि कोही कसरी लैजान सक्छ?’

गुरुनानकले भने, ‘यसो हो भने प्रजाको धन लूटेर तिमी खजाना भरिरहेका छौँ, के तिमीसँगै लान्छौँ? त्यो सँगै मेरो यो पत्थर पनि लैजानु ।’

राजालाई गुरुनानकको कुराले छोयो । उनले क्षमा मागे र वचन दिए— अब उप्रान्त प्रजाहरुलाई अत्याचार नगर्ने र खजानाबाट जनताको सेवा गर्ने ।

यसपछि राजाको स्वभावमा परिवर्तन आयो र विस्तारै-विस्तारै राजाले प्रजाको मन जिते । त्यसपछि राजाको सम्मान गर्न थालेका थिए ।

कथाबाट के सिक्ने?
यो सानो कथाको पछाडि ठूलो ज्ञान छ । मृत्युपछि मानिसले आफूसँग केही लादैन । यसकारण धन प्राप्त गर्नको लागि गलत काम गर्नबाट बच्नुहोस् । सही तरिकाबाट कमाएको धनले सधैँ सुखी बनाउँछ । आफ्नो धनको उपयोग समाज कल्याणमा लगाउनुहोस । यसो गर्दा सबैबाट प्रेम मिल्नेछ, मान सम्मान मिल्नेछ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत