दृष्‍टिकोण

“ग्रामीण पर्यटन”, थप सहज र नजिक कसरी?

९० को दशक पछाडि ग्रामीण जीवनस्तरमा ग्रामीण स्थान, परिकार र उत्पादनको सहायताले वृद्धि गराउने उद्धेश्यले ग्रामीण पर्यटनको अवधाणा बढेकोे पाइन्छ । पर्यटन क्षेत्रमा विविधता विकास हुँदैगर्दा ग्रामीण पर्यटनको पनि सम्भावनाहरूमा वृद्धि हुँदै गएको छ । यसले नयाँ—नयाँ गन्तब्यहरूको पहिचान संगै प्रारम्भिक अध्ययनसँगै स्थानको रेखाचित्र र आयोजनाहरू शुरु गरिसकिएका छन् । केही स्थानहरूमा द्रुत्ततर रुपमा कामहरू अघि बढाइरहेका छन् । 

तेह्रौँँ शताब्दीबाट सुरुभएको पर्यटन् शब्द १९ औँ शताब्दीबाट मात्र योजनावद्ध हुँदै अहिलेको समयमा आइपुग्दा यस क्षेत्रको विकास तथा विस्तारका कारण, आकार र प्रकारहरूमा पनि परिवर्तन देखिदै आएका छन् । स्थान र परिवेश अनुसार यसको उद्देश्य र किसिमहरू पनि थपिँदै गएका छन् । अनवरत यात्रा र अनुसन्धानको परिणाम आज ग्रामीण पर्यटन सहयात्री बन्न पुगेको छ ।

देशमा पर्यटनका बहसहरू धेरै भए तर कुन क्षेत्रको नमूना र कुन क्षेत्रको बढी योगदान रह्यो भन्ने कुरामा सँधै द्विविदा रह्यो । धार्मिक पर्यटनको यात्रालाई देवताहरूको पालदेखि भगवान श्री कृष्णसँग जोड्दै मनोरञ्जनात्मक अभिप्रायका साथ पर्यटनलाई जोड्दासम्म उल्लेख्य प्ररिवर्तनहरू हाम्रासामू आइपूगेका छन् । आज पर्यटन एक अब्बल र दरिलो उद्योगको रुपमा विकास भएको छ । यसले धान्ने जनसँख्यामा पनि उल्लेख्य बढोत्तरी गराएको कसैबाट छिप्न सक्दैन । विकासको दरिलो साथी भएको छ अहिले यो क्षेत्र । गाउँका उत्पादनदेखि चिन्हारीसम्म र प्राकृतिक सौन्दर्यतादेखि कृत्रिम क्रियाकलापहरूसम्म अहिले अभिन्न भौतिक निधि बनेका छन् ।

नेपालमा बढी फस्टाएको पर्यटकीय प्रकारहरूमा एक धार्मिक, दुई मनोरञ्जनात्मक, तिन प्राकृतिक, चार साहसीक पर्यटन हो । त्यसमा पनि ग्रामीण पर्यटन पछिल्लो आर्थिक—सामाजिक उपार्जनको अभिन्न अंग बनेको छ । यहि पर्यटनका विभिन्न प्रकारहरूलाई चुम्न वर्षमा करिब ८ लाख माथि पर्यटकहरू देशमा भित्रिन्छन् अनि धित नमरिञ्जेल फर्किदैनन् । एकाध घटना बाहेक असुरक्षा भयो र मज्जा आएन भन्ने पर्यटकहरू खासै भटिएका छैनन् अभिलेखहरूमा । जसरी पर्यटकहरू नेपाल भित्रिएपनि फर्कने बेलामा खुसी—खुसी फर्कने प्रबृति बढ्दै गएको छ अहिले । 

आन्तरिक रुपमा पनि हिँड्न नचाहनेहरूपनि क्रमशः देश दौडाहामा हिँड्न थालेका छन । किनकी पैसा हुँदा घुम्न नमिल्ने हुनसक्छ बरु अभावमै ऋण काढेरै भएपनि मज्जा लिउँ भन्ने शैली बाहिर त छँदैछ, आन्तरिक रुपमा पनि यसको मात्रामा वृद्धि हुँदै गएको छ अहिले । आन्तरिक रुपमा पनि हिँड्न नचाहनेहरुपनि क्रमशः देश दौडाहामा हिँड्न थालेका छन् । किनकी पैसा हुँदा घुम्न नमिल्ने हुनसक्छ, बरु अभावमै ऋण काढेरै भएपनि मज्जा लिउँ भन्ने शैली बाहिर त छँदैछ, आन्तरिक रुपमा पनि यसको मात्रामा वृद्धि हुँदै गएको छ ।
 
ग्रामीण पर्यटनले मुख्यतयाः ग्रामीण क्षेत्र, ग्रामीण वातावरण, ग्रामीण क्षेत्रका आकर्षक पक्षहरू, दिगो ग्रामीण विकास, ग्रामीण खानपान र आनन्ददायी बसोबास, ग्रामीण सँस्कृति, परिवारको लागि थप आयका कामहरू, स्थानीय स्रोत, साधन र जनशक्तिको महतम उपयोगलाई जोड दिएको हुन्छ । ग्रामीण पर्यटनले मुख्यतयाः पहिलो ग्रामीण जीवनशैली पर्यटन जसअन्तर्गतः गाउँ बसाइ, गाउँ पर्यटन, कृषि पर्यटन, उत्पादनका अभ्यासहरू आदिलाई समेटेका छन् । दोश्र्रो ग्रामीण सँस्कृति र सम्पदा पर्यटन, जस अन्तर्गतः ग्रामीण स्थानहरू, ग्रामीण सँस्कृति र सम्पदा, धार्मिक पर्यटन र तिर्थालु आदिलाई समेट्दछ । यसैगरि तेश्राे ग्रामीण स्वास्थ्य पर्यटन जस अन्तर्गतः ग्रामीण चिकित्सा पर्यटन, ग्रामीण तापिय पर्यटन, स्वस्थ्य र वायो पर्यटनलाई समावेश गरिएको छ । यस्तै चौथो, ग्रामीण सक्रिय पर्यटनमा शिकार, माछामार्ने, चक्रिय, घोडाचडी, जल, साहसीक र अन्य पर्यटनलाई राखिएको छ । पाँचौ, ग्रामीण परिकार पर्यटनमा ग्यास्ट्रो, वाइन र अन्य उत्पादनहरू पर्दछन् । सातौँ, ग्रामीण कृषि पर्यटन अन्तरगतः कृषि सम्मेलन, महोत्सव, पार्क, बजार आदि पर्दछन् । र आठौँमा ग्रामीण प्राकृतिक पर्यटन, जसअन्तर्गतः पदयात्रा, बिरुवा संकलन्, जनावरहरूको अवलोकन, भूनिरीक्षण, पर्यापर्यटन, जंगल विद्यालयहरू आदिलाई राखिएको छ ।

ग्रामीण पर्यटन एउटा प्रवृतिसँग प्रत्यक्ष सम्बन्धित तथा अद्वितिय वस्तुहरूको अवलोकन र प्रयोगसँग जोडिएको छ । यसमा सोच र लगानी थप बढाउनु पर्ने देखिन्छ । यसमा अझै गर्न बाँकी छ ।

यसले के स्पष्ट गर्दछ भने ग्रामीण पर्यटन गाउँको अमिश्रित अर्थात शुद्ध पर्यटन हो जहाँ गाउँलेपन, गाउँले वातावरण, रहनसहन, शैली, क्रियाकलाप, उत्पादन र गतिविधिहरू उपलब्ध हुन्छन् । यस पर्यटनले कहिँ र कतै धित नमरेको मनलाई स्वादीलो पानी बनी प्यास मेटाउने प्रयास गरेको हुन्छ । त्यसैले त भनिन्छ जो जहाँ भएपनि जीवन ढल्कँदै जाँदा र मर्ने बेलामा गाउँमै मर्ने इच्छा राखेका हुन्छन अधिकांशले । तसर्थ ग्रामीण पर्यटन गरिबको पर्यटन हो जसमा कम पैसामा गाउँका स्थानीयहरूका घरमा गएर बास बस्ने तिनले पकाएका गाउँका उत्पानको स्वाद लिने, खेतिपातीमा मज्जा लिने, रहनसहनमा रमाउने, अध्ययन र अनुसन्धान गर्ने र मज्जा सँगै ज्ञान र सीप लिने क्रियाकलापहरू पर्दछन् । एक शब्दमा भन्नुपर्दा ग्रामीण पर्यटन एउटा प्रवृतिसँग प्रत्यक्ष सम्बन्धित तथा अद्वितिय वस्तुहरूको अवलोकन र प्रयोगसँग जोडिएको छ । यसमा सोच र लगानी थप बढाउनु पर्ने देखिन्छ । यसमा अझै गर्न बाँकी छ ।

ग्रामीण पर्यटनका स्थानीय क्षेत्र र उत्पादीत वस्तुहरूको प्रवद्र्धन, उत्पादनको खपत, रोजगारीको अवसर, आम्दानीमा वृद्धि, वस्तुको सहज उपलब्धता, ग्रामीण उद्योगको विकास, प्राकृतिक वातावरणको संरक्षण, स्रोत र साधनको अधिकतम परिचालन, सँस्कृति र सँस्कारको आदानप्रदान, ऐतिहासीक पक्षको दिगोपन, व्यापार तथा व्यवसायको विकास, सहकार्यको बानी आदि सकारात्मक पक्षहरूभित्र पर्दछन् । यसका साथै मुल्यमा वृद्धि, प्रविधिले रोजगारी गुमाउने, अपराध, स्थानीयता लोप हुनु, वातावरणीय क्षय, द्वन्द्व आदी भने यस पर्यटनका नकारात्मक पक्षहरूभित्र पर्दछन् । आखिर यसका सवल र दुर्वल पक्षहरू भएतापनि यसबाट मानिसहरूलाई नविनतम् आनन्द, ज्ञान र रमाइलो सहजै प्रदान गर्नेकुरामा दुइमत हुन सकिँदैन ।

पर्यटनको क्षेत्र र त्यसको विविधिकरणका प्रचुर सम्भावनाहरू रहेको हाम्रो देशमा यस क्षेत्रको सन्तुलित उन्नती गर्न सकेमा देशले काँचूली फेर्न सक्छ । प्रकृतिका उपहारहरू र निर्मित स्थान तथा उत्पादनहरूको महतम् परिचालन र उपयोगबाट देशको अर्थतन्त्रमा ठुलो सहयोग पुग्न सक्दछ । यसको लागि देशको जंगल, जमीन, जडिबुटी, जल र खनीजहरू नै देशका प्रमुख आकर्षणका आधारहरू भएकोले यसको संरक्षण गर्नु अपरिहार्य छ । 

आधुनिक सहर, गाऊँ, स्थानीय ज्ञान र सीप, वातावरणप्रेमी स्थानहरू, पार्क, जंगली जनावरहरू, निकुञ्ज, शैक्षिक केन्द्र, पहाडी क्षेत्र र जनजीवन, फुलहरू, सँस्कृति र सामाजिक जीवन, स्वादीलो र कमखर्चिलो खाना, खोलानाला, हाते उत्पादनहरू, पुरातात्विक वस्तुहरू, खेलकुद, जातजाति र तिनको जनजातियता, जलयात्रा, यातायात, पदयात्राका स्थानहरू, रात्री र दिवा जीवन शैली, गल्फिङ्ग, मौलिक भेषभूषा र भाषा, रहनसहन, घरबास आदि ग्रामीण पर्यटनका मुख्य क्षेत्रहरूमा उल्लेख्य लगानी बढाई/भित्र्याई दीर्घकालीन कार्य सरकार तथा निजी क्षेत्रबाट गरिएपनि थप योजना र स्वतस्फूर्त रुपमा जनतालाई अग्रसर गराउनु जरुरी छ । 

दिगो सोच र प्रयासले मात्र ग्रामीण पर्यटनको माध्यमबाट ग्रामीण विकास अझ नजिक र सम्भव बन्ने निश्चित छ ।
 
 

गाउँ सहर डेस्क

तपाईँको मत