जहाँ मूर्खको पूजा हुन्छ त्यहाँ दुःख कहिल्यै हट्दैन
- गाउँ सहर डेस्क
- १६ श्रावण बिहीबार, २०७६ | ०७:०१:०० मा प्रकाशित
काठमाडाैँ । पुरानो समयमा भारत खण्ड खण्ड थियो त्यो बेला आचार्य चाणक्यले भारतलाई एकजुट गरेका थिए । चाणक्यले एक सामान्य बालक चन्द्रगुप्तलाई अखण्ड भारतको सम्राट बनाए । चाणक्यले जीवनलाई सुखी र सफल बनाउनको लागि नीति शास्त्रको रचना गरे । यही शास्त्रमा बताइएका कुरा ध्यानमा राख्न सके कयौँ समस्याबाट बच्न सकिन्छ । नीतिमा लेखिएको छः—
मूर्खा यत्र न पूज्यन्ते धान्य यत्र सुसंचितम्।
दंपतोस् कलहो नास्ति तत्र श्रीस् स्वयमागता।।
यो चााणक्य नीति ग्रन्थको तेस्रो अध्यायको २१ औँ श्लोक हो ।
यो नीति श्लोकमा चाणक्य भन्छन कि जुन स्थानमा मूर्खको पूजा हुँदैन, केवल ज्ञानको सम्मान हुन्छ । ज्ञानीको कुरामा अमल गरिन्छ । जहाँ धनधान्य प्रर्याप्त मात्रामा संग्रहित हुन्छ, अन्नको एक दाना पनि व्यर्थ फ्याँकिदैन, जुन घरमा पति-पत्नीबीच वादविवाद हुँदैन, सबै प्रेमले रहन्छन, वहाँ देवी लक्ष्मी स्वयं आउँछिन् । यस्तो स्थानमा सुख-समृद्धि सदैव हुने गर्दछ ।
जो व्यक्ति मूर्खको पूजा गर्दछन् अर्थात मूर्खको सेवा गर्दछन्, जहाँ धनधान्यको अपमान गरिन्छ, संग्रहण गरिँदैन, जुन घरमा पति-पत्नी जहिल्यै झगडा गर्दछन्, त्यहाँ दुःख पीडा हुन्छ । त्यहाँ देवी लक्ष्मी एकक्षण पनि बस्दिनन् । लक्ष्मीको कृपा बिना यी गलत कामको कारण परिवारको धन नष्ट हुन सक्छ ।
यसकारण मूर्ख मानिसको संगतबाट बच्नुहोस् । थालीमा खाना नछाड्नुहोस् । परिवारमा प्रेम गर्नुहोस् । अनिमात्र जीवन सुखी र खुसी हुन सक्दछ ।
यदी यी कुरामा ध्यान दिइएन भने जीवनमा दुःख कहिल्यै हट्दैन अर्थात समाप्त हुँदैन ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस