विश्व

ब्रजिलको जेलमा झगडा हुँदा ५२ कैदीको मृत्यु

  • एजेन्सी
  • १४ श्रावण मंगलबार, २०७६ | ०८:१५:०० मा प्रकाशित
Picture: AFP

ब्रजिलमा एउटा जेलभित्र प्रतिद्वन्द्वी समूहहरूबीच भएको हिंसामा कम्तिमा ५२ जना मारिएको अधिकारीहरूले जनाएका छन्।

पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनका बन्दीले अर्को भवनमा आक्रमण गरेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

अधिकारीहरूले पत्रकार सम्मेलनमा बताए अनुसार १६ जनाको घाँटी काटिएको थियो भने अन्यको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको हो।

बन्दीको कब्जामा परेका दुईजना जेल अधिकारीहरू रिहा गरिएका छन्।

एजेन्सी

तपाईँको मत