विश्व

सीमा पार गर्नको लागि सुरक्षाकर्मीसँग गुहार मागिरहेकी आमा

मेक्सिको । उत्कृष्ट जिन्दगीको खोजीमा हरेक वर्ष धेरै संख्यामा मध्य अमेरिका देशका शरणार्थी मेक्सिको को बाटोमा अमेरिका पुग्ने प्रयास गर्दछन् । यस्तो कोशिषमा कयौँ सफल पनि हुन्छ, केही सुरक्षाकर्मीको फन्दा पर्छन त कोही मारिन पनि सक्छन् । मेक्सिकन बोर्डरमा मुटु नै चस्कने एक यस्तो तस्विर अहिले सार्वजनिक भएको छ र सामाजिक सञ्जालमा भाइरल पनि भएको छ ।

तस्विरले शरणार्थीको अवस्थालाई छर्लङ्गै पारेको छ ।

तस्विरमा बच्चाको आडमा आँशु झारिरहेकी एक मेक्सिकन नेशनल गार्डका जवानलाई बोर्डर पार गर्नको लागि गुहार मागिरहेकी छन् । तस्विर रोयटर्सका फोटोग्राफर जोस लुइस गोंजालेजद्वारा सोमबार खिचिएको हो । फोटो सोसियल मिडियामा अधिक भाइरल बनेको छ । मुटु नै भक्कानिने यो तस्विर मेक्सिको को नै हो जहाँ महिला आफ्नो ६ वर्षको बच्चासँग मेक्सिकन बोर्डर पार गरेर अमेरिका जानको लागि प्रार्थना गरिरहेकी छन् ।

आमा र बच्चा दुबै ग्वाटेमालाबाट लगभग २ हजार ४१० किमीको दूरी तय गरेर मेक्सिको सीमावर्ती शहर सियूदादा जुआरेज पुगेकी थिइन् । दुबैजना उत्कृष्ट भविश्यको लागि बोर्डर पार गरेर अमेरिका जाना चाहन्थे । तर, बोर्डरमा उनीहरुलाई सुरक्षाकर्मीले रोकेका थिए । सुरक्षाकर्मीले उनलाई बोर्डर पार गर्न दिएनन् ।

फोटोग्राफर जोस लुइसका अनुसार महिला नेशनल गार्डका जवानलाई बोर्डर पार गर्नको लागि भिख मागिरहेकी थिइन् । उनी आफ्नो बच्चाको भविश्यको लागि अमेरिका जान चाहन्थिन् । महिला करिव ९ मिनेटसम्म छोराको साथ नेशनल गार्डका जवानसँग गुहार मागिरहिन, तर उनी सफल हुन सकिनन् ।

जानकारी रहोस कि नेशनल गार्डको लगभग एक तिहाई सैनिकलाई सीमामा गस्ती गर्ने कार्य सुम्पिएको छ । यो भन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्वाटेमालाबाट आएका शरणार्थीलाई रोक्नको लागि मेक्सिकन राष्ट्रपतिसँग माग गरेका थिए । त्यहिँ, पूर्व मेक्सिकन राष्ट्रपति फेलिप काल्डेरोनले तस्विर रिट्विट गर्दै लेखेका छन कि मेक्सिकोलाई कहिल्यैपनि यो स्वीकार गर्नु हुँदैनथ्यो ।

अमेरिकाको सीमा अधिकारीले यो वर्ष मेक्सिकोबाट दक्षिण सीमामा करिव ६ लाख ६४ हजार शरणार्थी पक्रिएका छन् । मे महिनामा मात्र एक लाख ४४ हजार पक्रिएका थिए । तर सो महिना पछि शरणार्थीको संख्यामा गिरावट आएको छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत