प्रेरणा

“त्यसैले नग्न सत्य गायब छे, लुकी राखेकी छे” 

“ट्रूथ कमिङ्ग आउट अफ हर वेल” चित्र फ्रान्सेली चित्रकार ‘जीन-लेन गेर्योम’ (Jean-Léon Gérôme "Truth Coming Out of Her Well")  ले १८९६ यो चित्र बनाएका थिए । यो चित्रले विश्वका जनसंख्याको मन अझै खिचेको छ । सो चित्रले समाजमा सत्य प्रतिको शक्तिशाली दृष्टिकोण प्रस्तुत गरेको छ ।

चित्रकारीको सुन्दरताको बावजुद यो अब र त्यसपछि हाम्रो समाजमा कुन सत्य (हरू) साँच्चिकै (हो) मा एक शक्तिशाली अवस्था देखाउँछ ।

चित्रले कथा दिएको छ । सो अनुसार सत्य र झूटको भेट ग्रीष्मकालीन समयमा भएको थियो । झुटले सत्यलाई यसो भनिन, “आज यो अद्भुत दिन हो!” 

सत्यले आकाशलाई हेरिन, दिन साँच्चै सुन्दर थियो ।

तिनीहरूले धेरै समय सँगसँगै बिताए, अन्ततः एक इनार नजिकै पूगे । 

झुटले सत्यलाई भनिन, “पानी धेरै राम्रो छ, “उखर्माउलो गर्मी पनि छ, इनारमा पसौँ र एकसाथ स्नान गरौँ!” 

सत्यले शंकालु नजरले पानीको परीक्षण गरिन र पत्ता लगाइन कि त्यो वास्तवमै धेरै राम्रो कुरा थियो ।

त्यसपछि उनीहरू दुबैले सबै लुगा फुकाले र सर्वाङ्ग नग्न भएर इनारभित्र डुबुल्की मारे । केही समय इनारमा नुहाएपछि झुट पोखरीबाट एक्कासि बाहिर निस्किई र सत्यका सबै लुगा लगाएर भागी । 

झुटले आफ्ना लुगा लगाएर हिँडेको थाहा पाएपछि सत्य आफ्नो लुगा भेट्टाउन इनारबाट बाहिर निस्केर झुटलाई खोज्न लागी तर भेट्टाइन । बरु नाङ्गै हिँडेकी सत्यलाई देखेर दुनियाँले नाक खुम्च्याए, सरापे र सत्यतर्फ हेर्दै नहेरी अर्कातिर मुन्टो बटारे । 

बिचरी सत्य फेरि उही पोखरीमा फर्केर पानीभित्र लाज लुकाउन सदाको निम्ति गायब भई । 

त्यसबेला देखि नै झुट सत्यको भेषमा संसारभर घुमेको घुम्यै छ । दुनियाँले चाहेको आवरणमा ढाकिएको उसलाई सबैले मन पराएका छन् । नग्न सत्यको रुपलाई दुनियाँ भरको समाजले स्विकार्न चाहेको छैन ।

त्यसैले नग्न सत्य गायब छे, लुकी राखेकी छे । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत