प्रेरणा

‘एउटा बेल पत्र चढाउनु भनेको एक करोड कन्याको कन्यादानको फल समान’

भगवान शिवको पूजामा प्रयोग हुने “बेल पत्र” सँग जोडिएको यो कुरा धेरैलाई थाहा छैन

काठमाडौँ । श्रावण अर्थात हरियो महिना । श्रावण महिनाको सुरुवात भइसकेको छ । यो पूरै महिना शिव भक्तले व्रत र पूजा पाठको विशेष ख्याल गर्दछन् । श्रावणको सोमबार विशेष हुन्छ, व्रत र शिवको आराधनामा अधिक जनसँख्या नतमस्तक हुन्छन् ।

तर बेल पत्रको बारेमा धेरैलाई थाहा छैन । यसका कयौँ विशेषताहरु छन् । यहीकारण पनि यो पूजामा राख्ने गरिन्छ ।

बेल पत्र भित्र लूकेकाे जानकारी

  • बेलको रुखलाई श्रीवृक्ष पनि भनिन्छ । यसको पात पूजनीय हुन्छ । यसमा माता लक्ष्मीको वास हुने गर्दछ ।
  • बेल वृक्षको दानाको विशेष महत्व छ । यदी यसको दाना, घीउसहित अन्न, खीर दान गरे उसको दरिद्रता भाग्ने र धनाभाव भाग्ने विश्वास छ ।
  • बेलको दानाको पूजा गर्दा पापबाट मुक्ति प्राप्त गर्न सकिन्छ । यसले शिव भगवानको सँधै कृपा रहन्छ भन्ने विश्वास छ ।
  • कयौँ मानिसहरु सन्तान सुख प्राप्तिको लागि पनि बेल वृक्षको पूजा गर्दछन् । यसमा फूल, धतुरो, गंध र बेल पत्र चढाइन्छ ।
  • बेल पत्रको दानालाई पानीमा रगडेर या उमालेर औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यसो गर्दा कष्टकारी रोगहरुबाट मुक्ति मिल्ने गर्दछ ।
  • हुन त एउटा बेल पत्र चढाउनु भनेको एक करोड कन्याको कन्यादानको फल समान हुन्छ ।
  • बेलको वृक्षमा हाम्रो सम्पूर्ण सिद्धिहरुको आश्रय स्थल हुन्छ । यहि भएर यस वृक्षको तल स्तोत्र या जप गर्दा प्राप्त हुने फलमा वृद्धि हुन्छ ।
  • भगवान सूर्यनारायणलाई पनि बेल पत्र अर्पित गर्न सकिन्छ ।
  • लिंगपुराणमा पनि यसलाई फुटाउनको लागि चतुर्थी, अष्टमी, नवमी, चतुर्दशी, अमावस्या, संक्रान्तिकाल र सोमबारको दिन निषिद्ध मानिएको छ । 
  • शिव या देवी देउतालाई बेल पत्र अर्पित गर्दा कुनै काल या दिनको बारेमा जान्नै पर्दैन । किनकी यो सबैको प्रिय हो ।
  • बेल पत्र कहिल्यै बासी र अशुद्ध हुँदैन । जहिले फुटाएर अर्कोदिन अर्पित गरे हुन्छ ।
  • स्कन्द पुराणको श्लोक अनुसार यसलाई एकपटक प्रयोग गरेपछि पनि अर्कोपटक प्रयोग गर्न सकिन्छ ।
  • बेल पत्र चढाएपछि कयौँ शुभ फल प्राप्त हुन्छ ।
  • यदी बेल पत्र नभएमा स्वर्ण, रजत, ताम्रको बेल पत्र बनाएर पूजा गर्न सकिन्छ ।
  • एउटा बेल पत्र र सयौँ फूलहरु एउटै सरह मानिन्छ ।
  • यसको दर्शन गर्दा सम्पूर्ण पाप नाश हुने विश्वास छ ।
  • बेल पत्रमा चन्दन या अष्टगंधले ऊँ, शिव पञ्चाक्षर मन्त्र या शिवको नाम लेखेर चढाएमा सबै मुश्किल इच्छाहरु पनि पूरा हुने विश्वास गरिन्छ ।

तीन जन्मको पाप नाश गर्नको लागि त्रिनेत्रीरुपी भगवान शिवलाई तिन पत्ता भएको बेल पत्र, जुन सत्व, रज, तमको प्रतिक हो । त्यसलाई यो मन्त्र भनेर अर्पित गर्नु पर्दछ । त्रिदलं त्रिगुणकरं त्रिनेत्र व त्रिधामुतम । त्रिजन्म पाप संहार बेल पत्र शिवप्रणम्य ।
 

गाउँ सहर डेस्क

तपाईँको मत